शुक्रवार देखि लागु हुँदैछ ३३ बुँदे निर्देशन, दूतावासद्धारा सचेत रहन र जरिवानाबाट बच्न आग्रह

कतारले मार्च २६ (शुक्रवार) देखि लागु हुनेगरी कतारमा बस्नेहरुका लागि ३३ बुँदे निर्देशनहरु जारी गरेको छ । कतार स्थित नेपाली दूतावासले विज्ञप्ती जारी गर्दै ति विषयमा सचेत रहन नेपाली समुदायलाई आग्रह गरेको छ ।
दूतावासले सरकारी तथा निजि क्षेत्रमा काम गर्ने कर्मचारीहरुले बैठक गर्नुपर्दा स्वास्थ्य तथा सुरक्षाका सम्पूर्ण प्रकृया अवलम्वन गर्दै ५ जना भन्दा

बढी उपस्थित हुन नपाइने जनाएको छ । यसैगरी अनावश्यक रुपमा सामाजिक भेटघाट नगर्न र घरभित्र वा बन्द स्थानमा ५ जना भन्दा बढी भेला हुन नपाइने पनि दूतावासले स्पष्ट पारेको छ ।

कतार सरकारले जारी गरेको निर्देशनमा सार्वजनिक पार्क, समुद्री किनारा, कर्निस लगायत अन्य सार्वजनिक स्थलहरु बन्द हुने र यस प्रकारका स्थानहरुमा एकै परिवारका दुईजना भन्दा बढी जान नपाइने पनि नियम लगाएको छ । व्यापारिक भवनहरुमा हुने कृयाकलापलाई ३० प्रतिशत सिमिति गरिएको र १२ बर्ष भन्दा कम उमेरका बालबालिकाहरुलाई त्यस्ता स्थलमा जान बन्देज लगाईएको तथा कतारमा रहेका परम्परागत बजार र थोक बजारमा पनि यहि नियम लागु हुने भएको छ ।

सवारी साधन वा गाडी प्रयोग गरी घरबाट बाहिर निस्किंदा सवारी साधनमा मास्क अनिवार्य लगाउनै पर्ने तर सवारी साधनमा एकजना मात्र भए मास्क नलगाएपनि हुने व्यवस्था गरिएको छ । सवारी साधनमा चालक सहित ४ जना भन्दा बढी यात्रु यात्रा गर्न नपाइने नियम लगाइएको छ । घरबाट कुनै पनि कामका लागि बाहिर निस्किंदा चालु अवस्थामा रहेको एथराज एप हुनै पर्ने नियम कतार सरकारले लगाएको छ ।

यी प्रावधानहरु सहित कतार सरकारले समय समयमा जारी गर्ने निर्देशनहरुको पूर्ण पालना गर्न र कोभिड १९ को संक्रमणबाट आफू र समुदायलाई सुरक्षित राख्न दूतावासले अनुरोध गरेको छ । कतारले ३३ बुँदे निर्देशन उल्लंघन गर्नेहरुलाई दण्ड जरिवाना गर्ने भएकाले त्यसबाट जोगिन पनि दूतावासले सूचित गरेको छ ।

यो पनि पढ्नुहोस्  विदेशबाट आउनेलाई फेरी सुरु भयो क्वारेण्टीनमा बस्नु पर्ने नियम, म्याग्दीले सुरु गर्यो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय