कोरोना विरुद्दको अर्को खोपले पायो विश्व स्वास्थ्य संगठनबाट आपतकालिन प्रयोगको अनुमति

विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले अमेरिकी औषधी कम्पनी जोन्सन एन्ड जोन्सनको खोपलाईआपत्कालिन प्रयोगका लागि अनुमति दिएको छ । अन्य खोपहरू दुई डोज लगाउनुपर्ने भएपनि यो खोप एकैपटक लगाए पुुग्छ । डब्ल्युएचओको अनुमतिपछि अब अन्तर्राष्ट्रिय कोभ्याक्स अभियानअन्तर्गत गरिब देशहरुमा यो खोपलाई पठाउने बाटो खुलेको छ ।

विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ११ करोड ९७ लाख नाघिसकेको छ । यद्यपी, निको हुनेको संख्या पनि पछिल्लो समय बढेको छ । अहिलेसम्म ९ करोड ६३ लाखभन्दा धेरै व्यक्ति निको भइसकेका छन् । सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन् । अमेरिकामा संक्रमितको संख्या २ करोड ९९ लाख ९३ हजार ४ सय २३ छ । त्यस्तै, ब्राजिलमा कुुल संक्रमितको संख्या १ करोड १३ लाख ६८ हजार ३ सय १६ छ । भारतमा कुल संक्रमित १ करोड १३ लाख ३३ हजार ४ सय ९१ जना छन् ।

पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ८५ हजार कोरोनाका बिरामी भेटिएका छन् र यसमध्ये ९ जनाभन्दा धेरैको मृत्यु भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय