ह्वाट्सएपमै अव श्रम कानुनको जानकारी, नेपाली भाषामा पनि सेवा उपलव्ध

कतारले आप्रवासी श्रमिकलाई श्रम कानुन सम्वन्धि जानकारी नेपाली सहित ६ वटा भाषामा ह्वाट्सएप मार्फत नै प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ । प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयसँगको सहकार्यमा सरकारी सुचना प्रदायक निकायले यस्तो व्यवस्था गरेको प्रेस विज्ञप्ती मार्फत जानकारी दिइएको छ ।

कतारमा कार्यरत रहँदा श्रमिकको अधिकार, कतार भिसा सेन्टर बारे जानकारी, धेरैजसो सोधिने प्रश्नहरुको उत्तर लगायतका सेवा सहित सुरु गरिएको ह्वाट्सएप मार्फत दिइने जानकारी निःशुल्क रहेको र सो मार्फत विश्वासिलो, आधिकारिक सुचना प्राप्त गर्न सकिने विज्ञप्तीमा जनाइएको छ ।

२४ घण्टे सुचना सेवा स्वचालित च्याटबट प्रणाली मार्फत लागु हुने र सो जानकारी नेपाली, अरवी, अंग्रजी, उर्दू, हिन्दी तथा मलायलम भाषामा उपलव्ध हुने जनाइएको छ ।

सो सेवा लिनका लागि ह्वाट्सएपमा +९७४ ६००६ ०६०१ नम्वर मार्फत लिन सकिने जनाएको छ । सो नम्वरलाई जोडेपछि कुन भाषामा आफूले जानकारी चाहेको हो सो नम्वर टाइप गरेर पठाउनु पर्दछ । नेपाली भाषामा सुचना, जानकारी चाहिएमा ५ नम्वर लेखेर पठाउन सकिन्छ । त्यसपछि आफ्नो अधिकारका बारेमा थाहा पाउनुहोस्, कतार भिसा केन्द्र मार्फत आवेदन दिनुहोस्, उजुरीहरु, आवेदन स्थिति, मुख्य प्रश्न र उत्तर, फोन गर्नको लागि महत्वपूर्ण नम्वरहरु तथा भाषा परिवर्तन गर्नको लागि भन्ने सूचि म्यासेजमा आउँछ । उदाहरणका लागि फोन गर्नको लागि महत्वपूर्ण नम्वरहरु ६ नम्वरमा रहेको छ । म्यासेज बक्समा ६ नम्वर लेखेर पठाएमा प्रशासनिक विकास मन्त्रालय, श्रम तथा सामाजिक मामिला हटलाइन, प्रहरी, आगो र एम्वुलेन्स, जनस्वास्थ्य मन्त्रालय लगायतको जानकारी सहितको म्यासेज प्राप्त हुन्छ । यसैगरी अन्य सेवाहरु लिन सकिने स्पष्ट पारिएको छ ।

यो पनि पढ्नुहोस् वैदेशिक रोजगारको क्षेत्रमा काम गर्नेहरुलाई पाप र धर्मको ख्याल गरेर काम गर्न महानिर्देशक दाहालको आग्रह

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: