मलेसियामा विदेशीलाई कोरोना विरुद्दको खोप निःशुल्क, ‘अवैधानिक’ले पनि सुविधा पाउने

मलेसियामा कार्यरत विदेशी श्रमिकलाई पनि मलेसियाले कोभिड-१९ विरुद्दको खोप लगाउने घोषणा गरेको छ । अवैधानिक रुपमा बस्दै आएका विदेशीले समेत खोप सुविधा पाउने छन् ।

मलेसिया सरकारले फेब्रुअरीको अन्तिम सातादेखि सुरु हुने खोप अभियानमा विदेशी श्रमिकलाई पनि कोरोना विरुद्दको खोप दिइने जनाएको छ । मलेसिया सरकारले आफ्नो सुरक्षा गरौं, सवैलाई सुरक्षित बनाउँ अभियान अन्तर्गत आफ्नो मुलुकमा कार्यरत विदेशी श्रमिकलाई खोप दिने भएको हो ।

यसरी दिइने खोप निःशुल्क रुपमा उपलव्ध हुने जनाइएको छ । मलेसियाले आफ्नो नागरिकको संख्या भन्दा धेरै मात्रामा खोपको मात्रा उपलव्ध हुने र त्यसबाट त्यहाँ कार्यरत विदेशी श्रमिकलाई पनि खोप पुग्ने स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

विदेशी श्रमिकलाई खोप लगाएर मलेसियन नागरिकलाई पनि सुरक्षित बनाउन, हर्ड ईम्यूनिटी विकास गर्न तथा आप्रवासी श्रमिकले मलेसियाको आर्थिक विकासमा पुर्याएको योगदानको कदर गर्दै तथा अन्य मुुलुकहरुले त्यहाँ रहेका मलेसियन नागरिकलाई निःशुल्क रुपमा खोप सुविधा उपलव्ध गराएको हुँदा मलेसियामा कार्यरत विदेशी नागरिकहरुलाई पनि निःशुल्क खोप दिन लागिएको हो ।

यो पनि पढ्नुहोस् काम खोज्दै भिजिट भिसामा नआउन दूतावासको आग्रह

यद्यपी खोप पाउनेमा मलेसियन नागरिकहरुले प्राथमिकता पाउने जनाइएको छ । गैर मलेसियन नागरिकले कहिले देखि खोप सुविधा प्राप्त गर्नेछन् भन्ने छिट्टै जानकारी दिने जनाइएको छ । हर्ड ईम्यूनिटी विकासका लागि सकेसम्म छिट्टै खोप अभियान सुरु गर्ने मलेसिया सरकारको योजना छ ।

मलेसियाका विज्ञान मन्त्री खेरी जमालुद्दिनले अवैधानिक रुपमा बस्दै आएका विदेशी श्रमिकका साथै कुटनीतिक नियोगका कर्मचारी, विदेशी नागरिक, विदेशी नागरिकका श्रीमान श्रीमति तथा छोराछोरीहरु त्था शरणार्थीहरुलाई निःशुल्क रुपमा खोप दिने निर्णय मन्त्री परिषदले गरिसकेको जनाएका छन् । गत हप्ता मात्रै मलेसियाका प्रधानमन्त्री मुहियाद्दिन यासिनले मलेसियामा वृहत खोप अभियान फेबु्रअरीको अन्तिम सातामा सुरु हुने जनाएका थिए । उनले मुलुकको ८० प्रतिशत जनसंख्याले निःशुल्क रुपमा खोप प्राप्त गर्ने अपेक्षा गरिएको जनाएका थिए ।

यो पनि पढ्नुहोस् : मलेसियामा विदेशी श्रमिक बस्ने होष्टलमा कडाई

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय