काम खोज्दै भिजिट भिसामा नआउन दूतावासको आग्रह

संयुुक्त अरव ईमिरेट्स (युएई) स्थित नेपाली दूतावासले कसैको ललाईफकाई वा आश्वासनमा परेर रोजगारीके अपेक्षा सहित भिजिट भिसाामा युएई नआउन आग्रह गरेको छ । दूतावासले मंगलवार एक विज्ञप्ती जारी गर्दै प्रचलित कानुन बमोजिम मात्र श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा आउन अनुरोध गरेको हो ।

पछिल्ला दिनहरुमा नेपालीहरु भिजिट भिसामा युएई आएर रोजगारीको खोजी गर्ने गरेको अनौपचारिक जानकारी प्राप्त भएको र त्यसरी आउनेहरु ठगिमा परेको, रोजगारी नपाएर अलपत्र परेका वा विभिन्न समस्या तथा अप्ठ्यारोमा परेको भनेर दूतावासमा गुनासो समेत आउने गरेको दूतावासद्दारा जारी विज्ञप्तीमा जनाएको छ ।

यो पनि पढ्नुहोस् भिजिट भिसामा महिलालाई परिवारको सहमति र वडा कार्यालयको सिफारिस अनिवार्य!

दूतावासले कानुन अनुसार श्रम स्विकृति लिएर बाहेक अन्य प्रकृयाबाट आएर कुनै समस्यामा पर्नेहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट समेत सहयोग गर्न नसकिने स्पष्ट पारेको छ । भिजिट भिसामा आएर काम नपाएमा वा भने अनुसारको काम नपाएमा सम्वन्धि कम्पनी वा अन्य जिम्मेवार निकायलाई कारवाही गर्न समेत नसकिने हुनाले यसमा सजग रहन दूतावासले आग्रह गरेको छ ।

दूतावासले त्यसरी भिजाट भिसामा ल्याउनेहरुले ठगि गर्ने, युएई ल्याईसकेपछि अलपत्र छोडिदिने वा नेपाल सरकारले रोजगारीका लागि प्रतिवन्ध लगाएका मुलुकहरुमा लैजाने तथा मानव तस्करहरुको सञ्जालमा समेत पर्न सक्ने जोखिम तर्फ सचेत गराएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय