भिजिट भिसामा महिलालाई परिवारको सहमति र वडा कार्यालयको सिफारिस अनिवार्य !

भिजिट भिसामा महिलालाई जान कडाई गर्न भन्दै एक्लै विदेश जाने महिलाले परिवारको सहमति र वडा कार्यालयको अनिवार्य सिफारिस चाहिने व्यवस्था प्रस्ताव गरिएको छ । अध्यागमन विभागले अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्दै सो प्रावधान सहितको नयाँ कार्यविधि स्वीकृतिका लागि गृह मन्त्रालयमा पेश गरेको हो । गृह मन्त्रालयले केहि समय अगाडी भिजिट भिसाको दुरुपयोग भएको निश्कर्ष सहित एक छानविन समिति बनाएको थियो । सोही समितिको सुझावलाई समेत मध्यनजर गर्दै कार्यविधि संशोधनको प्रस्ताव गरिएको हो ।

यो पनि पढ्नुहोस काम खोज्दै भिजिट भिसामा नआउन दूतावासको आग्रह

विभागले भिजिट भिसाको दुरुपयोग रोक्ने उद्देश्य सहित कार्याविधि संशोधन गर्न लागेको बताएपनि यसले महिला र पुरुषबीच विभेद गर्ने देखिएको छ । हाल भिजिट भिसामा महिला र पुरुष दुवै जाने गरेका छन् । तर पुरुषले भनें त्यस्तो सहमति र सिफारिस बुझाउनु पर्ने व्यवस्था प्रस्ताव गरिएको छैन । विभागका महानिर्देशक रमेशकुमार केसीले पनि कार्यविधि मन्त्रालयमा पठाइएको बताए ।

भिजिट भिसामा जानेहरुले अव अनिवार्य रुपमा १५ लाखको विमा गर्नुपर्ने प्रावधान पनि प्रस्ताव पनि गरिएको छ । विदेशमा विरामी भएर उपचार गर्नुपरेमा वा मृत्यु भएमा शव नेपाल ल्याउन समस्या हुने गरेका कारण विमा अनिवार्य गर्ने प्रस्ताव अध्यागमन विभागको रहेको छ ।

तस्वीर प्रतिकात्मक रुपमा प्रयोग गरिएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय