मलेसियामा महिनामै २० नेपालीको मृत्यु, आत्महत्या चिन्ताजनक विषय

मलेसियामा कार्यरत नेपाली श्रमिकको आत्महत्या चिन्ताजनक अवस्थामा रहेको मलेसिया स्थित नेपाली दूतावासले जनाएको छ । गत बर्ष मलेसियामा ४६ जना नेपालीले अत्महत्या गरेको र त्यसमध्ये अधिकाँशले झुण्डिएर आत्महत्या गरेको दूतावासको भनाई छ । मलेसियामा नेपाली श्रमिकको मृत्युदर अन्य देशको तुलनामा बढी छ ।

दूतावासका द्धितिय सचिव प्रतिक कार्कीका अनुसार गतबर्ष मृत्यु भएका २ सय ८४ नेपाली श्रमिक मध्ये ४६ जनाले आत्महत्या गरेका हुन् । फ्रि मलेसिया टुडेका अनुसार सन् २०१९ मा मृत्यु भएका २ सय ९८ नेपाली मध्ये ४९ जनाको मृत्युको कारण आत्महत्या थियो भनें सन् २०१८ मा मृत्यु भएका ३ सय ४५ मध्ये ४५ जनाको मृत्युको कारण आत्महत्या थियो ।

कार्कीले मलेसियामा प्रति महिना २० जना नेपालीको मृत्यु भइरहेको र यो चिन्ताजनक रहेको बताए । पछिल्लो समयमा कोभिड-१९ का कारण पनि मानिसमा निराशा बढेको हुन सक्ने अनुमान गरिएपनि यकिन भनें छैन ।

क्वालालम्पुर स्थित नेपाली दूतावासले झुण्डिएर आत्महत्या गरेको भन्ने विषयमा पनि आशंका व्यक्त गरेको छ । मृत्यु प्रमाणपत्रमा झुण्डिएको भनिएपनि दूतावासले यसमा आशंका प्रकट गरेको हो । यद्यपी आधिकारिक कागजातमा मृत्युको कारण झुण्डिएको भनिएका कारण दूतावासले त्यसलाई पत्याउनु पर्दछ द्धितिय सचिव कार्कीले भनेका छन् । उनले आत्महत्या गरेका मध्ये कतिपयले आफूलाई भनिए अनुसारको रोजगारी प्राप्त नगरेका कारण आत्महत्याको बाटो रोजेको हुनसक्ने अनुमान गरे ।

नेपाली अन्याय नसहने र आफ्नो अधिकारका विषयमा बोल्ने भएका कारण यसले सम्वन्धित अधिकारी वा सहकर्मीहरुसँग सम्वन्ध विग्रन सक्ने र यसले उनीहरुलाई नैराश्यता वा अन्य मानसिक समस्यामा पार्न सक्ने आत्महत्याको एक कारण हुन सक्ने कार्कीको भनाई छ । उनले श्रमिकलाई काठमाडौंबाट प्रस्थान पूर्व नै मनोसामाजिक परामर्श समेत आवश्यक रहेको पनि बताए । 

मनोविद् बासु आचार्यले मानसिक रोग निको बनाउने सबैभन्दा सरल उपाय भनेकै उपचार भएको बताए । यसका लागि सके सम्म छिटो मनोचिकित्सक वा मनोविद वा दुबैसंग उपचार सुरु गर्न आग्रह गरे । उनले आफ्नो रोगको लक्षण झन् बढेपछि, रोगले निम्त्याउने भावनात्मक तथा शारिरिक पिडाहरु झन् धेरै हुन थालेपछि, दैनिकी ब्यवहारहरु गर्न झनै असमर्थ भएपछि, पनि आफ्नो उपचारमा आनाकानी गर्नु गलत हुने भएका कारण आफूलाई कुनै त्यस्तो अनुभव भएमा तत्काल परामर्श तथा उपचारमा जान सुझाव दिए।

यो पनि पढ्नुहोस् साउदीमा स्वास्थ्य निर्देशन लागु, १० दिनका लागि कडाई

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: