साउदीमा स्वास्थ्य निर्देशन लागु, १० दिनका लागि कडाई

कोभिड १९ को संक्रमण नियन्त्रणका लागि साउदी अरेवियाले नयाँ स्वास्थ्य निर्देशन जारी गरेको छ । नयाँ प्रोटोकल अनुसार होटल, पार्टी प्यालेस, व्याँक्वेट, रेष्टुरेण्ट जस्ता स्थानहरुमा आगामी ३० दिनसम्म कुनैपनि कार्यक्रम तथा भोजभतेर गर्न बन्देज लगाइएको छ ।

साउदी अरेविया स्थित नेपाली दूतावासका अनुसार आगामी १० दिनसम्म २० जनाभन्दा बढी मानिसको उपस्थिति हुनेगरी कुनै पनि सामाजिक कार्यक्रम गर्न पाइने छैन । आगामी १० दिनसम्म सवैखाले मनोरञ्जनका कार्यक्रमहरु बन्द भएका छन् ।

दूतावासका अनुसार घरभित्र र घर बाहिर सञ्चालन गरिने सवै प्रकारको खेलकुद गतिविधिहरु आगामी १० दिनका लागि बन्द भएको छ भनें रेष्टुरेण्ट तथा क्याफेहरुमा टेकअवे सेवा वाहेक अन्य डाईनिङ सेवा स्थगत भएको छ । भौतिक दुरी कायम गर्नुपर्ने र मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने नियम लागु भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: