
मलेशियाको ग्लोव्स उत्पादक कम्पनी टप ग्लोबले आफ्नो कम्पनीमा काम गर्ने सम्पूर्ण श्रमिकलाई कोरोना भाइरस (कोभिड १९) विरुद्दको खोप लगाउने बताएको छ । सो कम्पनीले स्वदेशीसँगै विदेशी श्ररुमिकलाई पनि कोरोनाको खोप उपलव्ध हुने वित्तिकै लगाइने स्पष्ट पारेको स्थानीय सञ्चार माध्यमहरुले लेखेका छन् ।
टप ग्लोवका कार्यकारी अध्यक्ष लीम वीई चाईले क्वालालम्पुर स्थित नेपाली दूतावासका श्रम काउन्सेलर दिपक ढकाललाई यसको बारेमा जानकारी दिए । उनले आफूहरुले कोभिड विरुद्दको खोपको प्रतिक्षा गरिरहेको र आफ्नो कम्पनीका काम गर्ने २१ हजार भन्दा धेरै श्रमिकलाई खोप लगाउन उत्सुक रहेको बताए । टप ग्लोवका ४७ वटा भन्दा बढी कारखानाहरु सञ्चालनमा छन् ।
लीमले विदेशी श्रमिकको कल्याणकारी कार्यमा कम्पनीले ध्यान दिने बताए । उनले विदेशी श्रमिकका लागि उपयुक्त बसोवासको प्रवन्ध गरिएको भन्दै राम्रो सुविधा सहित नयाँ होष्टलहरु निर्माणको कार्य पनि जारी रहेको बताएका छन् । उनले ति नयाँ होष्टलहरु आगामी दुई बर्ष भित्रमा तयार भइसक्ने बताएको समाचारमा जनाइएको छ ।
यो पनि पढ्नुहोस् युएईद्दारा घरेलु श्रमिक पठाईदिन नेपालसमक्ष आग्रह