एकै कम्पनीका चारजना नेपालीमा कोरोना संक्रमण पुष्टि

मलेशियाको एक कम्पनीमा कार्यरत चारजना नेपालीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । मलेशियाको क्वालालम्पुर स्थित राल्को प्लाष्टिक कम्पनीमा कार्यरत ति नेपालीलाई कोभिड संक्रमण पुष्टि भएको हो ।

७० जना भन्दा बढी नेपाली कार्यरत सो कम्पनीमा नेपाली बाहेक अन्य मुलुकका नागरिकलाई पनि कोभिडको संक्रमण देखिएको मलेशियामा कार्यरत रमेश कुमार पञ्जियारले जानकारी दिएका छन् । सो कम्पनीले प्लाष्टिकका बाल्टि, बाटा लगायतका सामग्री निर्माण गर्ने गर्दछ ।

पछिल्लो समयमा मलेशियामा कोभिडको संक्रमण फैलिंदै गएपछि मलेशिया सरकारले हिड्डुलमा निक्कै कडाई गरेको छ । तर पनि कोभिड संक्रमितको संख्या उल्लेख्य देखिएको छ । आप्रवासी श्रमिकको आवास व्यवस्थापन राम्रो नभएको र सोही कारण कोभिडको संक्रमण बढेको भन्दै सरकारी अधिकारीहरुले नियमित रुपमा अनुगमन गर्ने तथा आवास व्यवस्था सम्वन्धि न्यूनतम मापदण्ड पुरा नगर्ने रोजगारदातालाई ठूलो आर्थिक जरिवाना सहित कारवाही गर्ने चेतावनी सरकारले दिंदै आएको छ । यसका वावजुद आप्रवासी श्रमिकले उपयुक्त बसोवास पाएका छैनन् । यसैगरी कार्यथलोमा पनि भिडभाड हुने र न्यूनतम मापदण्ड पुरा नगर्ने गरिएको भन्दै आलोचना हुने गरेको छ ।

मलेशियाको टप ग्लोव्स कम्पनीमा कार्यरत नेपालीलाई ठूलो संख्यामा यसअगाडी संक्रमण भएको थियो । सो कम्पनीमा काम गर्ने मध्ये झण्डै ५ हजारलाई कोभिड-१९ को संक्रमण भएकोमा ५० जना भन्दा धेरै नेपाली थिए । टप ग्लोव्सले पनि श्रमिकको आवासको उपयुक्त व्यवस्था नगरेको र कार्यथलो पनि भिडभाडयुक्त रहेको तस्वीर सार्वजनिक भएको थियो । भिडभाडयुक्त कार्यथलोको तस्वीर अधिकारकर्मीलाई पठाएर कम्पनीको गोपनियता भंग गरेको अभियोगमा एक नेपालीलाई सेवाबाट निकाल्ने निर्णय गरेको टप ग्लोव्स पछि विरोध चर्किएपछि आफ्नो सो निर्णयबाट पछि हटेको छ ।

पछिल्लो तथ्याँक अनुसार मलेशियामा १ लाख ५१ हजार ६६ जनामा कोभिडको संक्रमण देखिएको छ । त्यसमध्ये ३५ हजार सकृय संक्रमित रहेका छन् भनें १ लाख १५ हजार २ सय २७ जना निको भएका छन् । हालसम्म मलेशियामा कोभिड-१९ का कारण ५ सय ८६ जनाले ज्यान गुमाएका छन् ।

यो पनि पढ्नुहोस् कोभिडकै बीचमा नेपालबाट आउनेको क्वारेण्टीनमा ठूलो खर्च हुने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय