कोभिडकै बीचमा नेपालबाट आउनेको क्वारेण्टीनमा ठूलो खर्च हुने, स्वदेश फर्किनेलाई पनि आवश्यक कागजात बोक्न दूतावासको आग्रह

मलेशिया स्थित नेपाली दूतावासले कोभिड-१९ को समयमा स्वदेश फर्किने वा मलेशिया आउनेहरुलाई केहि विषयमा ध्यान दिन जरुरी रहेको स्पष्ट पारेको छ । दूतावासले हरेक शुक्रवार सञ्चालन गर्दै आएको फेसबुक लाइभ मार्फत विविध विषयमा जानकारी गराएको हो ।

दूतावासले कोभिडको समयमा मलेशिया आउने नेपालीको क्वारेण्टीन खर्च वापत लगभग ४ हजार रिंगिट खर्च हुने जानकारी दिएको छ । दूतावासले क्वारेण्टीनमा बस्दा, प्रशासनिक खर्च तथा कोभिड टेष्ट लगायतमा सो खर्च हुने जानकारी दिएको छ । प्रशासनिक खर्चमा २६ सय रिंगिट, प्रतिदिन १ सय ५० रिंगट बस्ने खर्च, कोभिड टेष्ट लगायतको खर्च गरेर ३ हजार ९ सय देखि ४ हजार रिंगिट खर्च हुने दूतावासको भनाई छ ।

दूतावासले मलेशियाको रोजगारी निकट भविष्यमै खुल्ने नदेखिएको बताएको छ । मलेशियामा कोरोनाको संक्रमण फैलिन नदिन आवतजावतमा नियन्त्रण गरिएको भन्दै मलेशिया सरकारको पछिल्लो कदमलाई हेर्दा तत्कालै नयाँ श्रमिक मलेशिया आउन थाल्ने सम्भावना नदेखिएको दूतावासको भनाई छ ।

यसैगरी हाल मलेशियबाट नेपालका लागि नियमित उडान भइरहेको भन्दै स्वदेश फर्किनेहरुले निश्चित प्रकृया पुरा गर्नुपर्ने बताएको छ । रोजगारी सकेर स्वदेश फर्किनेहरुले अध्यागमनबाट चेकआउट मेमो लिनुपर्ने र विदामा स्वदेश फर्किन लागेको भएमा कम्पनीको पत्र साथमा लैजान दूतावासले सुचित गरेको छ ।

कोभिड १९ विरुद्धको भ्याक्सिन विदेशी श्रमिकलाई पनि दिने भन्ने मलेशिया सरकारको निर्णय रहेको भन्दै यसका बारेमा यकिन जानकारी नभएको र थप जानकारी आएपछि उपलव्ध गराउने दूतावासले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय