मलेशियामा कारोनाका कारण विदेशी श्रमिकको मृत्यु भएपछि कडाई

कोरोना भाइरस (कोभिड १९) का कारण विदेशी श्रमिकको मृत्यु भएपछि मलेशियाले उनीहरुलाई उचित बसोवासको प्रवन्ध गर्न रोजगारदाताहरुलाई सचेत गराएको छ । विशेषगरी कोभिड १९ को महामारीको बीच यसमा विशेष ध्यान दिन र तोकिएको स्तर अनुरुपको आवासको व्यवस्था गर्न सरकारी निकायले सजग गराएको हो । यहि हप्ता कोभिड १९ का कारण टप ग्लोव्समा काम गर्ने एक नेपाली श्रमिकको मृत्यु भएको छ । सो घटनापछि मलेशियाका कम्पनीहरुले विदेशी श्रमिकलाई उचित व्यवहार नगरेको भन्दै आलोचना सुरु भएपछि मलेशियाको सम्वन्धित सरकारी निकायको यस्तो धारणा सार्वजनिक भएको हो ।

मलेशियाको सरकारी सञ्चारमाध्यम बनर्माका अनुसार मलेशियाको श्रम विभागका कानून विभागका निर्देशक जीनि याकोबले आवास व्यवस्थापनको मापदण्ड पुरा नगर्ने रोजगारदातालाई कारवाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताए । उनले मलेशियाको आवास सम्वन्धि न्यूनतम मापदण्ड, १९९० अनुरुप विदेशी श्रमिकको आवास व्यवस्थापन गर्न आग्रह गरेका छन् ।

अव अनलाइनबाट नै पुनः श्रम स्वीकृति लिन सकिने

समाचार अनुसार न्यूनतम मापदण्ड पुरा नगर्ने रोजगारदाताहरुलाई ५० हजार रिंगिटसम्म जरिवाना वा एक बर्ष जेल सजाय वा दुवै हुन सक्ने जनाइएको छ । उनले एक फर्निचर कारखानाको भ्रमण पश्चात सो धारणा राखेको समाचारमा जनाइएको छ । सो फर्निचर कारखानामा नेपाल, बंगलादेश, पाकिस्तान तथा म्यानमारका नागरिक कार्यरत रहेको बताइएको छ । ति श्रमिक बस्ने होष्टल अत्यन्तै भिडभाडयुक्त, शौचालय समेत राम्रो नरहेको पाइएको उनले बताएका थिए । उनले प्लाईउडको ससानो बेड बनाइएको सो होष्टल बस्न, सुत्न सकसपूर्ण रहेको पाइएको भन्दै श्रमिकको आवास सुधार सरकारको प्राथमिकतामा रहेको निर्देशक जीनिले बताए ।

यसअगाडी गत डिसेम्वर ३ मा मलेशियाका मानव संशाधन मन्त्री एम शरभनानले मलेशियामा रोजगारदाताले विदेशी श्रमिकलाई उपलव्ध गराउने होष्टल ९० प्रतिशतले न्यूनतम मापदण्ड पुरा नगर्ने बताएका थिए । मलेशियामा हाल वैधानिक रुपमा काम गर्ने विदेशी श्रमिकको संख्या १४ लाखको हाराहारी रहेको छ ।

यो पनि पढ्नुहोस खाडीको तीन बर्षे तनाव अन्त्यको बाटोमा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: