मलेशियामा कम्पनीको सुचना चुहाएको अभियोगमा एक नेपाली निश्काशित

मलेशियामा एक नेपाली कम्पनीको गोप्यता भङ्ग गरेको अभियोगमा कामबाट निकालिएका छन् । टप ग्लोव्स कम्पनीमा कार्यरत उनलाई कम्पनीको एक तस्वीर अनधिकृत रुपमा बाहिर पठाएको भन्दै कामबाट निश्काशन गरिएको हो ।

कम्पनीको कार्यस्थल धेरै भिडभाडयुक्त भएको भन्ने जानकारी दिएको अभियोगमा उनलाई निकाला गरिएको समाचार सार्वजनिक भएको छ । समाचार संस्था रोयटर्सका अनुसार सो अभियोगमा युवराज खडकालाई कम्पनीको गोपनियता भंग गरेको अभियोगमा कामबाट निकालिएको हो । उनले कम्पनीमा काम गर्ने स्थलमा एकजना र अर्कोजनाबीच एक मिटरको दुरी कायम नगरेको तस्वीर खिचेको अभियोग लागेको छ । उनले सो तस्वीर नेपालमा श्रमिकको अधिकारका क्षेत्रमा काम गर्ने अधिकारकर्मीलाई पठाएको समाचारमा उल्लेख छ ।

उनलाई कम्पनीको सुचना अनधिकृत रुपमा बाहिर दिएको अभियोगमा करार भंग गरिएको पत्र दिइएको छ । उनी क्लाङ स्थित टप ग्लोव्सको एक कारखानामा कार्यरत थिए जहाँ ५ हजार भन्दा धेरै कोभिड १९ का संक्रमित फेला परेका थिए ।

मलेशियाको टप ग्लोव्स लगायतका ग्लोव्स कम्पनीहरुले आप्रवासी श्रमिकलाई आर्थिक रुपमा शोषण गरेको मुद्धा रोयटर्सले केहि समययता चर्को रुपमा उठाएपछि ति कम्पनीहरु श्रमिकले तिरेको लागत शुल्क फिर्ता गर्न बाध्य भएका छन् ।

यो पनि पढ्नुहोस्: मलेशियामा कोरोनाका कारण एक नेपालीको मृत्यु

अमेरिकाले टप ग्लोव्स लगायतका कम्पपनीहरुको उत्पादनलाई बन्देज लगाएपछि ति कम्पनीहरु श्रमिकको भर्ना शुल्क वापत तिरेको रकम फिर्ता गर्न बाध्य भएका हुन् । पछिल्लो समयमा कोभिडका कारण ग्लोव्स लगायतको माग आकाशिएर ठूलो फइदामा रहेका उद्योगहरुलाई महामारीको समयमा स्वास्थ्यका न्यूनतम मापदण्ड पुरा नगरेको भन्दै आलोचना भइरहेको छ ।

सोही सन्दर्भमा कम्पनीको रात्रीकालिन काम सुरु हुने समयमा श्रमिकहरुको शरिरको तापक्रम नाप्ने क्रममा लागेको लाममा भौतिक दुरी कायम नगरिएको झल्किने तस्वीर पठाएको अभियोग खड्कालाई लगाइएको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: