मलेशियामा कोरोनाका कारण एक नेपालीको मृत्यु

मलेशिया स्थित टप ग्लोव्स कम्पनीमा सेक्यूरिटी गार्डमा कार्यरत एक नेपालीको कोभिड-१९ का कारण मृत्यु भएको छ । गत डिसेम्वर १२ का दिन ति नेपालीको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले समाचार लेखेका छन् । उनलाई कोभिडको संक्रमण भएपछि गत नोभेम्वर २१ मा अस्पताल भर्ना गरिएको थियो ।

टप ग्लोव्सको मेरु क्लाङ स्थित कारखानामा उनी कार्यरत रहेको बताइएको छ । उनी दुई बर्ष देखि सो कम्पनीमा अर्को एक सेक्यूरिटी कम्पनीको श्रमिकका रुपमा कार्यरत थिए ।

यो पनि पढ्नुहोस्: मलेशियामा कम्पनीको सुचना चुहाएको अभियोगमा एक नेपाली निश्काशित

मलेशियामा पछिल्लो समयमा दैनिक १ हजार भन्दा बढी कोभिड-१९ का नयाँ संक्रमितहरु फेला पर्ने गरेका छन् । विदेशी श्रमिक बस्ने होष्टलहरु तथा कार्यस्थल निक्कै भिडभाडयुक्त भएको र त्यसका कारण कोभिडको संक्रमण फैलिएको भन्दै तिनिहरुलाई व्यवस्थीत गर्नुपर्ने मलेशियाका सरकारी अधिकारीहरुले बताउँदै आएका छन् । हालसम्म मलेशियामा ८३ हजार भन्दा बढीलाई कोभिडको संक्रमण देखिएको छ भनें हाल १३ हजार ६ सयको हाराहारी सकृय संक्रमित रहेका छन् । मलेशियामा हालसम्म कुल ४ सय १५ जनाको कोभिड-१९ का कारण ज्यान गइसकेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: