मलेसियामा थप दुई नेपालीमा कोरोना संक्रमण

मलेसियामा शुक्रवार थप ९ सय ५८ व्यक्तिमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । संक्रमति मध्ये दुई जना नेपाली हुन् ।

मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित मध्ये सवैभन्दा धेरै सवाहमा भेटिएका छन् । सवाहमा ५ सय १२ जना संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।

मलेसियाका स्वास्थ्य निर्देशक डा. नुर हिसाम अव्दुल्लाहले नियमित प्रेस ब्रिफिंगका क्रममा सवाहपछि सेलंगरमा सवैभन्दा बढी संक्रमित भेटिएको बताए । मलेसियामा हालसम्म ३ सय २९ जनाको कोभिडका कारण ज्यान गइसकेको छ । हालसम्म मलेसियामा ५२ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ जसमध्ये १३ हजार २ सय २१ जना सकृय संक्रमित रहेका छन् । अन्य निको भइसकेको जनाइएको छ ।

विदेशी संक्रमित मध्ये दुईजना नेपालबाट आएका तथा एक एकजना अमेरिका, फ्रान्स तथा म्यानमारबाट आएकाहरु रहेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो पनि पढ्नुहोस् मलेसियामा विदेशी श्रमिकमाथि अर्को विभेदको प्रयास, अधिकारकर्मीहरुको चर्को विरोध

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय