विना जरिवाना स्वदेश फर्किन पाउने समयावधि डेढ महिना थपियो

संयुक्त अरव ईमिरेट्स (युएई) मा मार्च १, २०२० अगाडी भिसाको म्याद सकिएर अवैधानिक भएकाहरुले विना जरिवाना स्वदेश फर्किन पाउने समयावधि थपिएको छ । सो मिति अगाडी नै भिसाको म्याद सकिएकाहरुले आगामी डिसेम्वरसम्ममाविना जरिवाना स्वदेश फर्किन पाउने भएका हुन् ।

युएईको फेडरल अथोरिटी फर आइडेन्टीटी एण्ड सिटिजनसीप (आईसीए) ले सो सम्वन्धि घोषणा गर्दै विना जरिवाना स्वदेश फर्किन पाउने म्याद थपिएको जनाएको हो । यसअगाडी युएईको मन्त्रीपरीषदले मार्च १ अगाडी भिसाको म्याद सकिएर अवैधानिक हैसियतमा बसिरहेकाहरुलाई विना जरिवाना स्वदेश फर्किन नोभेम्वर १७ सम्मको म्याद दिएको थियो । तर अव सो समयावधि आगामी डिसेम्वर ३१ तारिखसम्मका लागि थपिएको हो ।

गल्फ न्यूजका अनुसार आईसीएका महानिर्देशक सईद रकान अल रासिदीले विना जरिवाना स्वदेश फर्किन पाउने म्याद यस बर्षको अन्तिमसम्म बढाइएको जनाएका छन् । मार्च १ भन्दा अगाडी भिसाको म्याद सकिएकाहरु डिसेम्वर अन्तिमसम्ममा स्वदेश फर्किएमा भिसाको म्याद सकिएका कारण लाग्ने सम्पूर्ण जरिवाना हटाइएको उनले बताएका छन् । यस्तो सुविधा आवासिय वा पर्यटक जुनसुकै प्रकृतिको भिसा भएकाहरुले प्राप्त गर्न सक्ने जनाइएको छ ।

यो पनि पढ्नुहोस् मलेसियामा पुनः नेपालबाट गएका व्यक्तिमा देखियो कोरोना

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय