
मलेसियामा पुनः नेपालबाट गएका एक व्यक्तिमा कोरोना भाईरस (कोभिड-१९) भेटिएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा सो जानकारी दिइएको हो ।
पछिल्लो समयमा कोभिड-१९ का संक्रमितको संख्या दिनहुँ बढिरहेको मलेसियामा सोमवार भेटिएका १२ सय ८ नयाँ संक्रमित मध्ये ६ जना विदेशबाट आएका थिए । ति मध्ये एक नेपाली रहेका छन् । यसअगाडी गत नोभेम्वर १० को दिन पनि नेपालबाट आएका एक व्यक्तिमा कोरोना संक्रमण फेला परेको थियो ।
हालसम्म मलेसियामा ४७ हजार भन्दा बढी व्यक्तिलाई कोरोना संक्रमण भइसकेको र त्यसमध्ये झण्डै ३५ हजार निको भएको स्थानीय सञ्चार माध्यमहरुले लेखेका छन् ।
यो पनि पढ्नुहोस् क्वालालम्पुरमा फास्ट फुड बेच्न थाले मालिन्दोका पाइलट