श्रमिक लिएर फर्किंदै गरेको गाडी दुर्घटना, दुई नेपालीको मृत्यु

हरि कृष्ण न्यौपाने, कुवेत
कुवेतको सिजिजिसी कन्स्ट्रक्सन कम्पनीको स्टाफबस दुर्घटनामा काम सकेर कोठामा फर्कदै गरेका दुई जना नेपाली श्रमिकको मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोटका ३२ बर्षिय दिपक सिंह ठकुरी र नेपालको ठेगाना खुल्न बाँकी ३२ बर्षिय पल बहादुर पुन रहेका छन ।
गत बुधवार विहान ४ बजे काम सकेर कोठामा फर्किने क्रममा उक्त दुर्घटना भएको थियो । सो दुर्घटनामा अर्का एक विदेशी नागरिकको पनि मृत्यु भएको छ ।

नेपाली राजदूतावास कुवेतका द्धितिय सचिव श्रीकृष्ण सिलवालले सिजिजिसी कम्पनीको स्टाफ बसलाई विपरित दिशाबाट आएको अर्को सवारी साधनले ठक्कर दिदा उक्त दुर्घटना भएको जानकारी प्राप्त गरेको बताए । घटनामा जाजरकोटका दिपक सिंह ठकुरीको बुधबारकै दिन र पल बहादुर पुनको उपचारको क्रममा बिहिबार मृत्यु भएको दूतावासले जनाएको छ ।

कम्पनिले राजदूताबासमा सम्पर्क गरि सकेको र मृतकहरुको परिवारसंग समन्वय गर्दै शव व्यवस्थापन, क्षतिपूर्ति लगायतका विषयमा दूतावासले प्रकृया अगाडी बढाउने जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस् थप नेपालीले पाए बहिर्गमन भिषा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय