युएईका प्रधानमन्त्रीले पनि लगाए परीक्षणका क्रममा रहेको कोरोना विरुद्धको खोप

संयुक्त अरव ईमिरेट्स (युएई) का प्रधानमन्त्री शेख मोहम्मद बीन रासिद अल मोक्तुमले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । उनले मंगलवार विहान ट्वीट गर्दै आफूले खोेप लगाएको सार्वजनिक गरेका हुन् ।

शेख मोहम्मदले आफूले कोभिड-१९ विरुद्धको खोप मंगलवार विहान लिएको जानकारी दिंदै युएईको भविष्य सदैव राम्रोे हुने बताएका छन् ।
यसअगाडी नै युएईका विभिन्न मन्त्रीहरुले पनि कोभिड १९ विरुद्धको खोप लगाइसकेका छन् । चिनियाँ कम्पनीले विकास गरेको र तेश्रो चरणको परीक्षण चलिरहेको सो खोप लगाउन सुरक्षित रहेको भन्दै यस अगाडी नै युएईले अग्रमोर्चामा काम गर्नेहरुलाई लगाउने अनुमति दिइसकेको छ ।

युएई सरकारले अनुमति दिएपछि विभिन्न उच्च पदस्थ व्यक्तिहरुलेसो खोप लगाएका हुन् । संयुक्त अरव ईमिरेट्स (युएई) का उपप्रधानमन्त्री तथा आन्तरिक मामिला मन्त्री शेख सईफ बीन जायाद अल नहानले पनि एकसाता अगाडी नै सो खोप लगाएका थिए । उनले पनि ट्वीटरमा फोटो पोष्ट गर्दै आफूले भ्याक्सिन लगाएको बताएका थिए ।

यसैगरी परराष्ट्रमन्त्री शेख अव्दुल्लाह बीन जायादले पनि दुई साता अगाडी सो खोप लगाएका थिए । उनले पनि खोप लगाउँदै गरेको तस्वीर ट्वीटरमा पोष्ट गर्दै कोरोना भाइरसलाई पराजीत गर्दै सामान्य जीवनमा फर्किने क्रममा रहेको बताएका थिए ।

यसैगरी यूएईका संस्कृति तथा युवा मन्त्री नुरा विन्त मोहम्मद अल कावी, स्वास्थ्य मन्त्री अव्दुल्लाह रहमान अल ओविस, अबुधावी एक्ज्युकेटिव अफिसका अध्यक्ष शख खालिद बीन मोहम्मद बीन जायाद लगायतका युएईका उच्च पदस्थ व्यक्तिले खोप लगाईसकेका छन् ।

सो खोप चीनको सिनोफार्मले तयार पारेको हो र विश्वका विभिन्न मुलुकका स्वयंसेवीहरुमा तेश्रो चरणको परीक्षण चलिरहेको छ । चीनद्धारा निर्मित सो भ्याक्सिन तेश्रो चरणको परीक्षणमा निक्कै प्रभावकारी देखिएको भन्दै युएईको सरकारले गत सेप्टेम्वर १५ मा नै कोभिड १९ को महामारी विरुद्ध अग्रमोर्चामा कार्यरतहरुलाई भ्याक्सिन दिने अनुमति दिएको थियो ।

युएईमा दुई महिना अगाडी देखि नै सो भ्याक्सिनको तेश्रो चरणको परीक्षण चलिरहेको छ । सो क्रममा विभिन्न मुलुकका ३१ हजार स्वयंसेवी सहभागि भएको र उनीहरुमा भ्याक्सिनले प्रभावकारी रुपमा काम गरेको देखिएको जनाइएको छ । युएईसँगै सो भ्याक्सिन बहराइन, जोर्डन तथा ईजिप्टमा परीक्षण गरिरहेको छ ।
यो पनि पढ्नुहोस् तीन हुण्डी कारोवारीको अभियोगमा पक्राउ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय