तीन हुण्डी कारोवारीको अभियोगमा पक्राउ

प्रहरीले रु एक करोड रकमसहित तीन हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका-२३ ओमबहालस्थित गोल्डेन लिफ होटलबाट उनीहरुलाई पक्राउ गरी थप कारवाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले जनाएको छ ।

पक्राउ पर्नेमा झापा दमक घर भई काठमाडौँको ताहाचल बस्ने ३१ वर्षका विकास मित्तल, सोही ठाउँका कमल मित्तल र पर्वत कुश्मा घर भई काठमाडौँ बस्ने ३२ वर्षका गणेश पौडेल रहेका छन् ।

अवैध हुण्डी कारोबारीको गिरोह होटलमा गोप्यरुपमा बसेको सूचनाको आधारमा खोजी गर्दै जाँदा उनीहरु पक्राउ परेका हुन् । उनीहरुको साथबाट ठूलोे मात्रामा अमेरिकी डलर बरामद गरिएको व्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । सोमबार साँझ पक्राउ परेका उनीहरुलाई थप कारवाहीका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ । रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय