
कतारको आइओएस प्रमाणित कम्पनी नासर अल अली इन्टरप्राइजेजले उत्कृष्ट कार्य गर्ने आफ्ना श्रमिकलाई नियमित सम्मान गर्दै आएको छ । यसै क्रममा यो कम्पनिमा काम गर्ने नेपालीहरुले पनि नियमित सम्मान सहितको पुरस्कार पाउदै आएका छन् ।
कम्पनीले लामो समयदेखि कम्पनीमा सेवा दिने तथा उत्कृष्ट कार्य गर्ने कामदारलाई पुरस्कार स्वरूप सम्मान सहित १५ हजार रियालका दरले पुरस्कार समेत दिदै आएको छ । यसअघि धेरै नेपालीले यसै कम्पनिबाट पुरस्कार पाउदै आएका छन् ।
पछिल्लो पटक यसै कम्पनीबाट बहादुर राई, दीप बहादुर पुरी र रोज मोहम्मदले जनही १५ हजार कतारी रियालसहित सम्मान पाएका छन् ।
कम्पनीका मालिक नासर अली अल अलीका अनुसार कम्पनीमा १० वर्षको सेवामा कामदार वफादारी र कडा परिश्रमले कम्पनीको सफलतामा योगदान पुर्याउने कर्मचारीहरूलाई अझ बढी सफलताको प्रेरणा दिन र उनीहरूको वफादारी र प्रतिवद्धतालाई जारी राख्न सम्मान गरिएको हो ।
साथै यसै कम्पनीबाट पछिल्लो पटक १० जना कामदारलाई सुनको सिक्का सहित पुरष्कार दिईएको छ ।
यो पनि पढ्नुहोस् तीन हुण्डी कारोवारीको अभियोगमा पक्राउ