विदेशमा अन्तिम संस्कार गर्न सहमति दिएका हकवालालाई सान्त्वना रकमका लागि निवेदन दिन आग्रह, कल्याणकारी कोषको रकम अनलाइन मार्फत भुक्तानी गर्न मिल्ने

वैदेशिक रोजगारका क्रममा विदेशमा ज्यान गुमाएका र कोभिड-१९ का कारण शव नेपाल ल्याउन समस्या भई सम्वन्धित हकवालाको सहमतिमा सम्वन्धित मुलुकमा नै अन्तिम संस्कार गरिएका श्रमिकका हकवालालाई बोर्डबाट प्राप्त हुने रकमका लागि बोर्डमा आवेदन दिन वैदेशिक रोजगार बोर्डले आग्रह गरेको छ । बोर्डले सुचना प्रकाशित गर्दै यस्तो आग्रह गरेको हो ।

विदेशमा मृत्यु भएका व्यक्तिको शव नेपाल ल्याउन समस्या भएको अवस्थामा विदेशमा नै अन्तिम संस्कार गर्न सहमति दिने परिवारलाई बोर्डले प्रतिव्यक्ति रु ५० हजार सान्त्वना राहत उपलव्ध गराउने यस अगाडी नै जानकारी गराएको थियो ।

यसरी सहमति दिएका हकवालालाई सम्वन्धित नेपाली राजदूतावासले जारी गरेको मृतक श्रमिकको विवरण, अन्त्येष्टिका लागि परिवारबाट दिइएको सहमति पत्र, विदेशमा अन्त्येष्टि गरिएको कागजान र हकवालाको नाममा कुनै पनि क बर्गको बैंक खाताको प्रमाणित निस्सा लगायत तोकिए बमोजिमको अरु कागजात सहित बोर्डको सचिवालयमा ईमेल मार्फत निवेदन दिनुपर्नेछ । विदेशमा दाहसंस्कार गर्न परिवारबाट सहमति दिएका मृतकहरुको नामावली र निवेदनको ढाँचा बोर्ड सचिवालको वेभसाइट मा पनि हेर्न सकिन्छ ।

यसैबीच बोर्डले वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम स्वदेश तथा विदेश जहाँबाट भएपनि नेपाल राष्ट्र बैंकको अनुमति लिएका ईसेवा फोन पे तथा स्प्यारो पे प्राली मार्फत बुझाउन सक्ने भएका छन् । ति भुक्तानी सेवा प्रदायक संस्थाहरुबाट सेवा लिए वापत सेवाग्राहीले कुनै पनि थप शुल्क तिर्नु नपर्ने व्यवस्था मिलाइएको बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस् कोभिड(१९ प्रभावः मलेसियामा ८७ जना नेपालीलाई क्वारेण्टीनमा राखियो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय