मलेसियामा ८७ जना नेपालीलाई बातु माउङ्ग स्थित क्वारेण्टीनमा राखिएको छ । क्वारेण्टीनमा राखिएका १ सय ९९ जना विदेशी नागरिक मध्ये ८७ जना नेपाली हुन् ।

मलेसियाका स्थानीय सञ्चार माध्यमहरुका अनुसार कोभिड-१९ का कारण क्वारेण्टीनमा राखिएका मध्ये १ सय १२ जना ईण्डोनेशियाली नागरिक छन् । कोभिडका संक्रमित भेटिएका स्थानमा कार्यरत र उनीहरुसँग निकट सम्पर्कमा रहेका कारण उनीहरुलाई क्वारेण्टीनमा राखिएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोभिड संक्रमण देखिएका कारण ति विदेशी श्रमिक बस्ने होष्टलहरु निर्मलिकरण गरिएका छन् । यस क्रममा पुरुष बस्ने चारवटा तथा महिला बस्ने पाँचवटा होष्टलहरु निर्मलिकरण गरिएका हुन् । निर्मलिकरण गरिएका होष्टल जालान कोलाममा रहेको जनाइएको छ ।

मलेसियामा हालसम्म कोभिड १९ का ३२ हजार भन्दा बढी संक्रमित फेला परेका छन् । पछिल्लो समयमा ९ सय भन्दा बढी संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पेनाङ, सारवाक, पेराक, क्वालालम्पुर लगायतका स्थानमा कोभिडका बढी संक्रमित देखिएका छन् । मलेसियाले कोभिड १९ को संक्रमण फैलिन रोक्न कतिपय स्थानमा मुभमेण्ट कन्ट्राल अर्डर लगाएको छ ।

यो पनि पढ्नुहोस् मलेसियामा ६ जना नेपाली सुरक्षा गार्डको उद्धार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय