
मलेसियामा बाध्यकारी श्रममा लगाइएका ६ जना नेपाली सुरक्षा गार्डको अध्यागमन विभागले उद्धार गरेको छ । ३० देखि ४० बर्ष उमेर समुहका उनीहरुलाई गत अक्टोवर २७ का दिन विशेष सर्च अभियान सञ्चालन गरेर उद्धार गरिएको हो ।
प्राप्त सुचनाका आधारमा श्रमिक बस्ने होष्टलमा पुगेर विभागले उनीहरुको उद्धार गरेको हो, मलेशियाको अनलाइन द स्टारले लेखेको छ । होष्टलमा ६ जना नेपालीहरु भेटिए जो धेरै अप्ठ्यारोसँग त्यहाँ बसेका थिए विभागका महानिर्देशकले भनेका छन् । ति ६ जनाले आफूहरुलाई विगत ६ महिनादेख भनिए अनुसार तलव नदिइएको तर बाध्य बनाएर काममा लगाइएको बताएका थिए । उनीहरुले दैनिक जीवनयापनका लागि आवश्यक बस्तु समेत रोजगारदाताले नदिएको बताएका छन् ।
होष्टलबाट उद्धार गरिएकाहरुको कोरोना परीक्षण गरिएको र उनीहरुमा कोरोना संक्रमण भनें नदेखिएको जनाइएको छ । उनीहरुलाई सुरक्षित आवास गृहमा राखिएको तथा रोजगारदातालाई यस बारेमा जानकारी दिन बोलाइएको समाचारमा जनाइएको छ । सो घटनालाई मानव बेचविखन तथा मानव तस्करीको अभियोग अन्तर्गत छानविन सुर भएको महानिर्देशकले बताएका छन् ।
यो पनि पढ्नुहोस मलेसियामा विदेशी श्रमिक लिन कडाईको संकेत