
पूर्व श्रममन्त्री तथा प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टले दशैं भत्ता बापत रकम फिर्ता गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत विष्टले देशले कोरोनाको महासंकट सामना गरिरहेको र नागरिकहरुले उपचारमा समेत कठिनाई भोगिरहेको अवस्थामा सांसदको हैसियतले दशैं खर्च लिनु उपयुक्त नलागेकोले सो बापतको सुविधा फिर्ता गर्ने निर्णय गरेको जनाएका छन् ।
उनले लाखौं मानिस चउरमा थाल थापेर खाना खान बाध्य भइरहेको अवस्थामा आफुले दशैं भत्ता बापतको रकम लिन नसक्ने जनाउँदै चेक मार्फत उक्त रकम फिर्ता गरेको जनाएका छन् ।
यो पनि पढ्नुहोस् बालिका दुव्र्यवहारको अभियोगमा एक नेपाली क्लीनरलाई दुई बर्षको जेल सजाय