उपचारमा प्रवासीको सहयोग

सपना बस्याल-

तीन महिना अगाडि मलेशियामा विरामी भई अशक्त भएर नेपाल फर्केका धनकुटाका नन्द कुमार लिम्वूलाई नेपाली प्रवासी एकता सञ्जालले थप उपचारका लागि ५० हजार रुपैंयाँ सहयोग गरेको छ ।

नन्द कुमार मलेशियामा केहि महिना अगाडि अचानक बेहोस भएका थिए र उनलाई साथिहरुले स्थानीय सरकारी अस्पतालमा पुर्याएका थिए । उनको दाहिने मष्तिष्कमा ट्यूमर रहेको र त्यसले मष्तिष्कलाई दख्खल दिएको समस्या देखिएपछि शल्यक्रिया गरिएको थियो । तर उपचार खर्चको अभावमा उनी अस्पतालमा अलपत्र अवस्थामा थिए ।

धनकुटा घर भएका नन्द कुमार लिम्बुलाई पेनाङ्गस्थित नेपालीहरुलाई सहयोग गर्ने संस्था जनउद्धार केन्द्रले गत अगष्ट ३० तारिख उद्धार गरी नेपाल पठाएको थियो ।

दाहिने मष्तिष्कमा शल्यक्रिया गरेपछि नन्दकुमारको देव्रे पाटो पुरै नचल्ने अवस्थामा छ । नेपाल फर्केर आइसोलेसन सकिए पछि उनी धरान फर्केर बाँकि उपचारको लागि धरानमा बस्दै आएका छन् ।

विगत १० वर्ष देखि वैदेशिक रोजगारमा गएका र फर्कीएका श्रमिकहरुको हक हितको लागि काम गर्दै आएको नेपाली प्रवासी एकता सञ्जालका प्रतिनिधि पारस मणि भट्टराईले अक्टोवर ४ मा नन्द कुमार र उनकी श्रीमतिलाई भेटेर रकम हस्तान्तरण गरेका हुन् ।

मलेशियामा भएको शल्यक्रियाबाट जीवन पाएका नन्द कुमारको थप उपचार अझै बाँकि रहेको छ । गत हप्ता धरानको वि पि कोइराला विज्ञान प्रतिष्ठान अस्पतालमा मष्तिकको अर्को शल्यक्रिया भएको छ र प्लाष्टीक सर्जरीका शल्यक्रिको निम्ति तयारी भईरहेको नन्दकुमारकी श्रीमति शिवकला लिम्बुले बताएकी छन् । थप उपचार खर्च सहयोग पाएकोमा लिम्वू दम्पतिले नेपाली प्रवासी एकता सञ्जाल, जनउद्धार केन्द्र लगायत सबैलाई धन्यवाद दिए ।

यो पनि पढ्नुहोस् श्रम स्वीकृति सोमवार देखि फेरी खुल्ने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: