श्रम स्वीकृति सोमवार देखि फेरी खुल्ने

कर्मचारीलाई कोभिड-१९ भएपछि सेवा स्थगित गरेको वैदेशिक रोजगार कार्यालय, ताहचलको सेवा सोमवार देखि पुनः सुरु हुने भएको छ । यसका लागि कार्यालयमा संक्रमित कर्मचारीको कार्यकक्ष लगायत कार्यालय परिसरमा निर्मलीकरण गरिएको कार्यालयले जनाएको छ ।

यसअगाडी कोभिड संक्रमण भएका कार्यालयका कर्मचारीको नजिक रहेर काम गर्ने कर्मचारीहरुलाई होम आइसोलेसनमा पठाइएको हुँदा सेवा सञ्चालन गर्ने जनशक्तिको सिमितता हुने भएका कारण इ-टोकनको संख्या समेत सिमित गरिएको वैदेशिक रोजगार कार्यालय, ताहचलका शाखा अधिकृत मातृका सापकोटाले जानकारी दिए । यसबीचमा सेवाग्राहीहरुका बीचमा समेत सामाजिक दूरी कडाईका साथ लागु गरिने उनले बताए ।

तत्काल रोजगारीमा जानु नपर्नेहरुलाई अबको दुई हप्तासम्म श्रम स्वीकृतिका लागि आवेदन नदिन समेत कार्यालयले अनुरोध गरेको छ । यसले तत्काल रोजगारीका लागि विदेश जानु पर्नेहरुलाई सहज हुने सापकोटाले बताए ।

आवेदन दिनेहरुलाई सम्वन्धित गन्तव्य मुलुकहरुले कोभिड-१९ को जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न लागु गरेका नियमहरु बारे जानकारी लिन र सोही अनुसार आवश्यक कागजातहरु लगायतको तयारी पुरा गरेर मात्र अनलाइन आवेदन दिन कार्यालयले अनुरोध गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: