युएई, जहाँ गरियो ठूलो संख्यामा कोरोना परीक्षण

संयुक्त अरव ईमिरेट्स (यूएई) मा हालसम्म ठूलो संख्यामा कोभिड-१९ (कोरोना भाइरस) को परीक्षण गरिएको छ । सो क्रममा युएईमा हालसम्ममा झण्डै ९८ लाख व्यक्तिमा कोभिड-१९ को परीक्षण भएको हो । त्यसमध्ये पछिल्लो २४ घण्टामा मात्रै १ लाख ७ हजारको परीक्षण भएको थियो । पछिल्लो २४ घण्टामा ११ सय ८१ जनामा कोभिड १९ पोजिटिभ भेटिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यूएईमा कोभिड-१९ सुरु हुनु अगाडीको तथ्याँक अनुसार कूल जनसंख्या ९९ लाख रहेको छ जसमा पछिल्लो अवधिमा ८-१० लाख व्यक्ति युएईबाट बाहिरिएको अनुमान छ । यसरी युएईबाट फर्किनेहरुमा सबैभन्दा धेरै भारतीयहरु रहेका छन् । यसबीचमा झण्डै ३ लाखको हाराहारी भारतीयहरु स्वदेश फर्केका छन् ।

यूएईमा रहेको कूल जनसंख्या मध्ये १२ प्रतिशत अर्थात ११ लाख जति मात्र स्थानीय नागरिक हुन् । बाँकी मध्ये २६ लाख भारतीय, १२ लाख पाकिस्तानी, ७ लाख बंगलादेशी छन् भने आठौं स्थानमा नेपाली रहेका छन् जसको जनसंख्या ३ लाख हाराहारी रहेको तथ्याँक छ । सिसिएमसीको तथ्याँक अनुसार यसबीचमा २५ हजार नेपाली स्वदेश फर्केका छन् ।

युएईमा कार्यरत पत्रकार मेघराज सापकोटाका अनुसार युएईको जनजीवन पछिल्लो समयमा सामान्य जस्तै भइसकेको छ । कार्यालयहरु, ठुला मलहरु, समुन्द्री किनारा, रेस्टोरेन्ट होटल ब्यवसाय लगायत सबै खुला छन् भएका छन् तर स्कूल भनें अनलाईन मार्फत सञ्चालन भइरहेको छ ।

राजधानी अबुधावी जान आउन पिसिआर वा डिपिआई टेस्ट अनिवार्य गरिएको छ । सुरक्षाका नियमहरु लागु गरिएको छ । उदाहरणका रुपमा कारमा तीनजना मात्र यात्रा गर्न पाईने नियम लागु गरिएको छ । मास्क अनिवार्य छ । दुरी कायम गर्नु पर्छ । हालसम्म नियम उल्लंघन गरेको अभियोगमा २५ हज़ार व्यक्ति कारबाहीमा परिसकेका छन् ।

यो पनि पढ्नुहोस् कोभिड सुरु भएपछि ८६ हजार नेपाली स्वदेश फर्किए, सवैभन्दा बढी बागमति प्रदेशका

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: