कोभिड सुरु भएपछि ८६ हजार नेपाली स्वदेश फर्किए, सवैभन्दा बढी बागमति प्रदेशका

कोभिड-१९ को महामारी सुरु भएपश्चात असोज १४ गतेसम्ममा ८६ हजार ८ सय १३ जना नेपाली स्वदेश फर्केका छन् । कोभिड १९ संकट व्यवस्थापन समितिका अनुसार सो समयावधिमा सवैभन्दा बढी संयुक्त अरव ईमिरेट्स (युएई) बाट फर्केका हुन् ।

सिसिएमसीको तथ्याँक अनुसार यसबीचमा युएईबाट २५ हजार ७७ जना फर्केका छन् भनें त्यसपछि कतारबाट १२ हजार ६ सय ६६ जना फर्केका हुन् । यसैगरी मलेसियाबाट १२ हजार ५ सय ९८ जना, साउदी अरेवियाबाट १३ हजार ८ सय ८३ जना स्वदेश फर्केका छन् ।
सिसिएमसीका अनुसार यसबीचमा कुवेतबाट ८ हजार ४ सय ७८ जना, ओमानबाट १ हजार ५ सय ३ जना तथा दक्षिण कोरियाबाट १ हजार ४ सय ४७ जना स्वदेश फर्केका छन् ।

प्रदेशगत रुपमा सवैभन्दा धेरै बागमति प्रदेशका रहेका छन्। बागमति प्रदेशका १८ हजार ४ सय २२ जना रहेका छन् । यसैगरी प्रदेश नम्वर १ का १५ हजार ४४ जना तथा प्रदेश नम्वर २ का १२ हजार ५ सय ८० जना स्वदेश फर्केका छन् । प्रदेश नम्वर ५ का १२ हजार ९ जना, गण्डकी प्रदेशका ९ हजार ३ सय १, सुदुर पश्चिमका १ हजार ७ सय ९१ तथा कर्णाली प्रदेशका १ हजार ५ सय ६१ जना छन् । १६ हजार १ सय ५ जनाको भनें प्रदेशगत विवरण प्राप्त नभएको सिसिएमसीले जनाएको छ । यो तथ्याँकमा स्थलमार्ग भएर नेपाल प्रवेश गर्नेहरुको विवरण समावेश हुन्न ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: