सरकारद्धारा ईजरायलसँग श्रम सम्झौता गर्ने निर्णय

सरकारलले इजरायलसँग श्रम सम्झौता गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालीको आकर्षक गन्तव्यका रूपमा चिनिएको इजरायलसँग श्रम सम्झौता गर्न इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई अख्तियारी दिने निर्णय गरेको हो ।

मंगलवारको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले नेपाल र इजरायल सरकारको संयन्त्रमार्फत रोजगारीमा पठाउने सकिने गरी सम्झौता गर्ने निर्णय भएको जानकारी दिए । सम्झौता भएलगत्तै नेपाली कामदार सरकारी तबरबाट केयर गिभरमा जान पाउनेछन् । सम्झौतापश्चात नेपाली श्रमिकले इजरायलका नागरिकसरह सेवा सुविधा पाउने मन्त्री ज्ञवालीले बताए । “अब नेपाली श्रमिक जिटुजी प्रक्रियाबाट रोजगारीका लागि इजरायल जान्छन्”, मन्त्री ज्ञवालीले भने ।

केही वर्षदेखि नेपाली कामदार लान बन्द गरेको इजरायलले पछिल्ला समय नेपाली श्रमिक लैजाने चाहना गरेको थियो । इजरायलले खेती (एग्रिकल्चर) र सुसारे (केयर गिभर) को क्षेत्रमा विदेशी कामदार भित्र्याउने गरेको छ । इजरायलमा केयर गिभरको संख्या बढी छ र नेपालीहरू पनि धेरै जसो केयर गिभरका रूपमै नै इजरायल गएका छन् ।

यो पनि पढ्नुहोस् नेपालीको हत्या गरेको अभियोगमा एक नेपाली सुरक्षागार्ड पक्राउ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय