नेपालीको हत्या गरेको अभियोगमा एक नेपाली सुरक्षागार्ड पक्राउ

प्रहरीले एक नेपाली सुरक्षा गार्डलाई एक नेपालीको नै हत्या गरेको अभियोगमा पक्राउ गरेको छ । पक्राउ पर्ने ३० बर्षिय ति नेपाली पहाङको तरकारी खेती लगाइएको स्थानमा पक्राउ परेको प्रहरीले जनाएको छ ।

बनर्माका अनुसार गत विहिवार अपरान्ह २ः४० मा प्रहरीमा केहि विदेशी नागरिकबीच झगडा भएको सुचना प्राप्त भएको थियो । प्रहरी पुग्दा घटनास्थलमा एक २७ बर्षिय नेपाली मृत अवस्थामा फेला परेका थिए । घटनास्थलमा एउटा छुरी बरामद भएको र ति व्यक्तिको छुरी प्रहारका कारण नै मृत्यु भएको देखिएको प्रहरीले बताएको छ ।

हत्या गरिएका व्यक्ति र शंकास्पद भन्दै पक्राउ परेका व्यक्ति दुवै स्थानीय एक कम्पनीमा सुरक्षा गार्डको रुपमा कार्यरत रहेको तथा कम्पनीले उपलव्ध गराएको आवासमा ६ महिनायता सँगै बस्दै आएका थिए ।

दुवैले रक्सी पिएको र झगडा भएपछि एकले अर्काको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको अनुसन्धान भइरहेको समाचारमा जनाइएको छ ।

यो पनि पढ्नुहोस् नेपालीको हत्या गरेको अभियोगमा एक नेपाली सुरक्षागार्ड पक्राउ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय