कोरोनापछि स्वदेश फर्किने सवैभन्दा धेरै युएईबाट, दोश्रोमा मलेसिया

कोभिड-१९ को महामारी सुरु भएपछि स्वदेश फर्किने नेपाली मध्ये सवैभन्दा धेरै संयुक्त अरव ईमिरेट्स (युएई) बाट रहेका छन् । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी), नेपालका अनुसार यसबीचमा सञ्चालित चार्टर्ड उडानहरु मार्फत नेपाल फर्केका कुल ६६ हजार ३ सय १९ नेपाली मध्ये १८ हजार ७ सय ९६ जना युएईबाट फर्केका छन् ।

यसैगरी मलेसियाबाट फर्किनेको संख्या १० हजार ३ सय ३१ रहेको छ । साउदी अरेवियाबाट ९ हजार ६ सय १९, कतारबाट ८ हजार २ सय १९ तथा कुवेतबाट ७ हजार ५ सय ७ जना स्वदेश फर्केका छन् ।

असोज १ गतेसम्मको तथ्याँक अनुसार दक्षिण कोरियाबाट १ हजार १ सय ६५ जना, बहराइनबाट १ हजार १ सय २८ जना, ओमानबाट १ हजार ६ जना स्वदेश फर्किएका छन् । स्वदेश फर्किने अन्यमा युरोप, अमेरिका, अफ्रिका तथा एसियाका अन्य मुलुकहरुबाट रहेका छन् । यो हवाई मार्ग भएर फर्किनेहरुको तथ्याँक मात्र हो । स्थलमार्ग हुँदै भारतबाट स्वदेश फर्केकाहरुको तथ्याँक यसमा समावेश हुन्न ।

यो पनि पढ्नुहोस् ‘कतारमा बेरोजगार श्रमिकलाई रोजगारीका लागि सम्पर्क गर्न आग्रह’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय