‘कतारमा बेरोजगार श्रमिकलाई रोजगारीका लागि सम्पर्क गर्न आग्रह’

कोभिड-१९ को महामारीका कारण स्वदेश फर्किने हतारमा रहेका नेपालीका लागि कतारमा एउटा सुखद खवर छ । रोजगारी गुमाएका अदक्ष र अर्धदक्ष श्रमिकलाई कतारले रोजगारी उपलव्ध गराउने भन्दै उनीहरुलाई सम्पर्क गर्न सूूचित गरिदिन विभिन्न देशका सामुदायिक संघसंस्थाहरुलाई आग्रह गरेको छ ।

गैर आवासिय नेपाली संघ (एनआरएनए), कतारले कतारको प्रशासनिक विकास,श्रम तथा सामािजक मामिला मन्त्रालयले कतारमा तत्काल बेरोगार भएर रोजगारीको खोजिमा रहेका विशेष गरी अदक्ष र अर्धदक्ष श्रमिकहरुलाई रोजगारी उपलव्ध गराउने तयारी गरेको भन्दै त्यसरी रोजगारीको खोजिमा रहेकाहरुलाई जानकारी दिन आग्रह गरेको छ ।

एनआरएनए, कतारका महासचिव पदम गिरीले एनआरएनए कतारले तयार पारेको लिंक मार्फत आफ्नो विवरण पेश गर्न अनुरोध पनि गरेका छन् । गैर कानूनी हैसियतमा रहेकाहरुले समेत यसरी आवेदन दिएर रोजगारी प्राप्त गर्न सक्ने संघले जनाएको छ । अय अगाडी अन्य केहि नेपाली समुदायका अगुवा प्रतिनिधिहरुले पनि यस सम्वन्धि जानकारी सामाजिक सञ्जाल मार्फत जानकारी गराएका थिए । कोभिड- १९ का कारण श्रमिक स्वदेश फर्किने तर रोजगारीका लागि नयाा श्रमिक कतार आउने क्रममा आएको अवरोधका कारण श्रमिक अभाव हुँदै गएपछि कतारको श्रम मन्त्रालयले यस्तो प्रयास गरेको कतारमा कार्यरत नेपाली अगुवाहरुको भनाई छ ।

यसैबीच कोभिड-१९ को महामारीका विच पनि वैदेशिक रोजगारीमा जान चाहनेहरुको संख्या बढेको छ । वैदेशिक रोजगारमा जान चाहनेहरुले काठमाडौं लगायतबाट श्रम स्वीकृति लिने क्रममा बृद्धि भएको हो ।

सरकारले गत वर्षको फागुन २९ देखि रोकेको वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने प्रकृयालाई गत असार १८ गतेदेखि पुनः श्रम स्वीकृति दिने र भदौ १४ गतेदेखि नयाँ श्रम स्वीकृति समेत खोल्ने निर्णय गरेको थियो ।

वैदेशिक रोजगार कार्यालय, ताहाचलका अनुसार करिव तीन महिनाको बीचमा ६ हजार ६ सय ४६ पुरुष र ५ सय २५ महिलाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । भदौ ३१ सम्म कुल ५८ देशका लागि श्रम स्वीकृति लिएका छन् जसमध्ये सबैभन्दा धेरै युएईका लागि ३४ सय ६८ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमध्ये दोश्रोमा कतार परेको छ ।

कतारका लागि १३ सय ५३ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तैगरी मलेसियाको लागि ६ सय ३९ जना, जापानको लागि ३८३ जना, साउदी अरेबियाको लागि ३ सय ३ जनाले श्रम स्वीकृति लिएका छन् । कुवेतको लागि २ सय १७ जना, ओमानको लागि १ सय ३५ जना, बहराइन १ सय ४९ जना, माल्दिभ्सको लागि ७१, पोल्याण्डको लागि ७० जनाले श्रम स्वीकृति लिएका छन् ।

यसैगरी अफगानिस्तान, साइप्रस, इजरायल, माल्टा, पोर्चुगल, माल्टा लगायतका अन्य देशहरु रहेका छन् । श्रम स्वीकृति लिएका मध्ये प्रायः पुन श्रमस्वीकृति लिनेको विवरण भएको ताहाचल कार्यालयले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय