कतारमा रोजगारदाता परिवर्तन गर्ने योजनामा हुनुहुन्छ ? यी हुन् पुरा गर्नुपर्ने प्रकृयाहरु

कतारमा रोजगारदाता परिवर्तन गर्न पाइने कानुन गत अगष्ट ३०, २०२० मा सार्वजनिक भएको छ । सो कानुन अनुसार रोजगारदाता परिवर्तन गर्न चाहने श्रमिकले पुरा गर्नुपर्ने प्रकृयाका विषयमा कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले स्पष्ट पारेको छ ।

यसका लागि निम्न चरण पुरा गर्नुपर्ने सो मन्त्रालयले स्पष्ट पारेको छः
१. रोजगारदाता परिवर्तन गर्न चाहने श्रमिकले आफूले रोजगारदाता परिवर्तन गर्न चाहेको विषय electronic notification system of the ADLSA मार्फत अनलाइन माध्यमबाट जानकारी दिनुपर्नेछ । यसरी रोजगारदाता परिवर्तन गर्न चाहने श्रमिक मध्ये दुई बर्ष वा सो भन्दा कम समयावधिको रोजगार करार सम्झौता भएकाहरुले एक् महिना अगावै तथा दुई बर्षभन्दा बढी समयावधिको रोजगार करार सम्झौता भएकाहरुले दुई महिना अगावै यसरी जानकारी दिनुपर्नेछ ।

२. यसरी अनलाइन प्रणाली मार्फत आवेदन दिंदा निम्नानुसारका कागजात सहित आवेदन दिनुपर्नेछ ।
क) रोजगारदाता परिवर्तन गर्न चाहनेहरुले भर्नुपर्ने मन्त्रालयले उपलव्ध गराउने फारम
ख) आफू कार्यरत रोजगारदातासँगको रोजगार करार सम्झौताको प्रतिलिपि, यदि त्यस्तो सम्झौता पत्र नभएको अवस्थामा रोजगारीका लागि रोजगारदाताले दिएको अफर लेटर
ग) नयाँ रोजगारदाताको जव अफर पत्र (अरवी भाषामा हुनुपर्ने)

३. यसरी आवेदन दिएपश्चात श्रमिक तथा नयाँ रोजगारदाताले मन्त्रालयबाट रोजगारी परिवर्तन सम्वन्धि एसएमएस प्राप्त गर्नेछन् ।

४. तत्पश्चात नयाँ रोजगारदाताले श्रमिकसँगको रोजगारी सम्झौता सम्वन्धि प्रकृया अनलाइन मार्फत पुरा गर्नेछन् ।

५. नयाँ रोजगारदाताले रोजगार सम्झौता पत्र प्रिन्ट गरेर श्रमिकसँग छलफल गरी हस्ताक्षर गर्नेछन् ।

६. हस्ताक्षर गरिएको नयाँ सम्झौता पत्र पुनः रोजगारदाताले अनलाइन प्रणालीमा अपलोड गर्नेछन् । यसका लागि रोजगारदाताले ६० रियाल शुल्क तिर्नुपर्नेछ ।

७. जव नयाँ सम्झौतालाई मन्त्रालयले अनुमोदन गर्नेछ, त्यसपछि नयाँ रोजगारदाताले श्रमिकको नयाँ कतारी आइडी (परिचयपत्र) का लागि आवेदन दिनेछन् ।

यी सम्पूर्ण प्रकृया पुरा भएपछि श्रमिकले नयाँ रोजगारदातासँग काम सुरु गर्न सक्नेछन् । श्रमिकले नयाँ रोजगारदातासँगको आवद्धता सहितको कतारी आईडी तथा स्वास्थ्य परिचयपत्र प्राप्त गर्नेछन् ।

यदि कुनै व्यक्तिलाई नियमानुसार दिनुपर्ने पूर्वजानकारीको समयावधि (एक महिना वा दुई महिना) अगावै कुनै रोेजगारदाताले रोजगारीमा लगाउन चाहेमा नयाँ रोजगारदाताले पुरानो रोजगारदातालाई भर्ना प्रकृयामा भएको खर्चको निश्चित प्रतिशत तथा एकतर्फी हवाई टिकट वापतको रकम तिर्नुपर्ने मन्त्रालयले स्पष्ट पारेको छ । यसरी तिर्ने खर्च श्रमिकको दुई महिनाको तलव भन्दा बढी भनें लिन पाइने छैन ।

श्रोतः द पेनिन्सुला, कतार

यो पनि पढ्नुहोस् म्याद सकिएको भिजिट भिषा, आईडी तथा भिषा नविकरण गर्न पाइने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय