म्याद सकिएको भिजिट भिषा, आईडी तथा भिषा नविकरण गर्न पाइने

 

कतारले राहदानीको म्याद सकिएतापनी म्याद नाघेको एक बर्षभित्र कतार आईडी एक बर्षको लागि नविकरण गर्न सकिने व्यवस्था गरेको छ । कतार स्थित नेपाली दूतावासका अनुसार कतार सरकारले दूतावासलाई गत अगष्ट ३१ मा एक परिपत्र गर्दै यसका बारेमा जानकारी गराएको हो ।

यसैगरी भिजिट भिषा पनि निश्चित अवधिका लागि नविकरण गर्न सकिने व्यवस्थाका बारेमा जानकारी प्राप्त भएको दूतावासले जनाएको छ । कतार स्थित नेपाली दूतावासले सामाजिक सञ्जालमा सुचना प्रकाशित गर्दै राहदानीको म्याद सकिएको एक बर्ष ननाघेकाहरुलाई कतार आईडी तथा भिषा नविकरण गर्न कुनै बाधा नपर्ने स्पष्ट पारेको छ । यस्तो व्यवस्था कोभिड १९ को कारणले राहदानी जारी तथा नविकरण गर्न समस्या भएको हुनुसक्ने अवस्थाका कारण लागु गरिएको पनि दूतावासले जनाएको छ ।

यसअगाडी कतारले अगष्ट ३० मा रोजगारदाता परिवर्तन गर्न रोजगारदाताको नो अव्जेक्सन लेटर (एनओसी) आवश्यक नपर्ने तथा न्यूनतम ज्याला तोक्ने काम गरिसकेको छ । सो नयाँ दुई कानुन आगामी ६ महिनाभित्रमा लागु हुनेछ ।

सो सम्वन्धि समाचारहरु पढ्नुहोस्
कतारको ‘ऐतिहासिक निर्णय’: रोजगारदाता फेर्न पाइने, न्यूनतम तलव तोकियो

सवै खाडी मुलुकलाई प्रभाव पार्न सक्ने कतारको महत्वपूर्ण निर्णय

कतारमा श्रमिकलाई तलव नदिने रोजगारदातालाई कडा कारवाहीः श्रम मन्त्रालय

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय