कतारमा श्रमिकलाई तलव नदिने रोजगारदातालाई कडा कारवाहीः श्रम मन्त्रालय

श्रम बजारमा महत्वपूर्ण फेरवदल हुनेगरी कतारले अगष्ट ३०, २०२० मा जारी गरेका दुई नयाँ कानुनले श्रमिकलाई तलव, सुविधा नदिने रोजगारदातालाई कडा कारवाही गर्ने व्यवस्था गरेको छ । श्रमिकले काम गरे वापत तलव पाउने ग्यारेण्टी गर्ने प्रणाली (वेज प्रोटेक्सन सिष्टम) लाई थप प्रभावकारी बनाइने भन्दै कतारले अन्तराष्ट्रिय समुदायबाट हुने आलोचनालाई कम गर्ने प्रयत्न गरेको हो ।

कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले जारी गरेको सुचनामा नयाँ श्रम कानुनले श्रमिकलाई काम गरेवापत तलव सुविधा नदिने रोजगारदातालाई हुने जरिवानामा कडाई गरिएको उल्लेख छ । यसैगरी उचित आवास सुविधा उपलव्ध नगराउने रोजगारदातालाई पनि कारवाही हुने व्यवस्था नयाँ कानुनमा समेटिएको जनाइएको छ

 कतारको ‘ऐतिहासिक निर्णय’: रोजगारदाता फेर्न पाइने, न्यूनतम तलव तोकियो

श्रमिकको गुनासो व्यवस्थापनका लागि बनाइने कमिटीहरुको संख्या वृद्धि गर्दै गुनासो व्यवस्थापनलाई प्राथमिकतामा राखिएको पनि सो मन्त्रालयले जनाएको छ । यसका लागि श्रम निरिक्षकहरुको दक्षता अभिवृद्धि गर्ने लक्ष्य समेत राखिएको सुचनामा जनाइएको छ ।

नयाँ कानुनका महत्वपूर्ण पक्षहरुः

– न्यूनतम तलव १ हजार रियाल हुने ।

– रोजगारदाताले आवास तथा खाना सुविधा उपलव्ध नगराएको अवस्थामा आवासका लागि ५ सय तथा खानाका लागि ३ सय रियाल थप उपलव्ध गराउनुपर्नेछ । यस्तो अवस्थामा मासिक तलव १ हजार ८ सय उपलव्ध गराउनु पर्नेछ ।

– करार अवधिभित्र कुनै श्रमिकले रोजगारदाता परिवर्तन गर्न चाहेमा रोजगारदाताको नो अव्जेक्सन लेटर आवश्यक पर्नेछैन । तर यसरी रोजगारी छोड्दा दुई बर्षभन्दा कम समयावधिको रोजगार करार सम्झौता भएमा एक महिना अगावै तथा दुई बर्षभन्दा लामो समयावधिको रोजगार करार सम्झौता भएमा दुई महिना अगावै सुचना दिनुपर्नेछ । यसरी अग्रिम सुचना नदिइएको अवस्थामा श्रमिकलाई आर्थिक जरिवाना हुनेछ ।

मानव अधिकारवादी संस्था एम्नेष्टि ईण्टरनेशनलले कतारले ल्याएको नयाँ कानुनलाई श्रमिकको अधिकार रक्षाका दिशामा महत्वपूर्ण काम भन्दै यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएको छ । यसैगरी आईटीयूसी, आईएलओ लगायतका संघसंस्थाहरुले पनि कतारको नयाँ कानुनलाई स्वागत गरेका छन् ।

यो पनि पढ्नुहोस् सवै खाडी मुलुकलाई प्रभाव पार्न सक्ने कतारको महत्वपूर्ण निर्णय

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय