मलेसियामा अलपत्र सविनाका आफन्त सम्पर्कमा आए, उद्धारका लागि सहयोगको खाँचो

-सपना वस्याल, मलेसिया
मलेसियाको पार्कमा छाप्रोमा एक छोरासहित अलपत्र अवस्थामा बस्दै आएकी सविना राईको बारेमा सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि उनको परिवार तथा गाउँलेहरु सम्पर्कमा आएका छन् । गत अगष्ट २० मा सविना र उनको छोराको अवस्थाका वारेमा देशपरदेश लगायतका सञ्चारमाध्यमहरुमा समाचार प्रकाशित भएको थियो ।

समाचार प्रकाशित भएपछि सविनाको दिदीको छोरीहरु, मलेसियामा नै रहेकी आफन्त लगायतले फोन सम्पर्क गरेको सविनाको अवस्थाका बारेमा जानकारी दिने गैरआवासीय नेपाली संघ, मलेसियाकी महिला उपाध्यक्ष शुभद्रा कुमारी लिम्बुले जानकारी दिइन् ।

सविनालाई उद्दारका लागि प्रयत्नरत लिम्बू भन्छिन्, “सविनालाई स्थानियहरुको सहयोगमा डाक्टरलाई उनी भएकै ठाउँमा लगेर जाच्ने काम पनि भई सकेको छ अब उनलाई छिट्टै उपचारको प्रकृया पनि थालिने छ ।”

ओखलढुङ्गा एकता सेवा समाज, मलेसियाका अध्यक्ष हिरालाल दयाल र उपाध्यक्ष सुरेन्द्र श्रेष्ठले पनि गैरआवासीय नेपाली संघ, मलेसियाकी महिला उपाध्यक्ष लिम्बूलाई सम्पर्क गरी उद्दारको कामममा पुर्ण रुपले सघाईरहेको लिम्बूले जानकारी दिइन् । समाजका पदाधिकारीहरुका अनुसार यसअगाडी पनि सविनाको उद्धारका लागि प्रयत्न गर्दा उनलाई सम्झाउन कठिन भएको थियो । लिम्बूले आफू पनि महिला भएका कारण सम्भवतः उनले कुरा सुनेको र हालसम्म राम्रो व्यवहार गरिरहेको बताइन् । तर अझै पनि उनी अर्को स्थानमा जान भनें मानिरहेकी छैनन् ।

यसैगरी सविनाको गाउँका जनप्रतिनिधिहरुले पनि उनलाई स्वदेश फर्काउन आवश्यक कागजात बनाएर पठाउने प्रतिवद्धता जनाएका छन् । ओखलढुङ्गा मोलुङका गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष हरिकुमार राई र वडा नं. ७ का वडा अध्यक्ष हेम बहादुर सुनुवारले पनि फोन मार्फत कुरा गरी आवश्यक सहयोग गर्ने वचन दिएको उपाध्यक्ष लिम्बूले जानकारी दिइन् ।

उनको उद्धार प्रकृया भनें चुनौतिपूर्ण छ । कागपत्र र भिसा दुवै नभएका कारण यात्रा अनुमति पत्रको लागि शुल्क, अध्यागमन विभागमा प्रतिव्यक्ति ३ हजार १ सय रिंगिट जरिवाना, प्रतिव्यक्ति १ हजार ५ सय ९० रिंगिट हवाई टिकट, पिसिआर टेष्टका लागि प्रतिव्यक्ति ३ सय ५० रिंगिट र उपचार समेत गराउनु पर्ने अवस्था भएका कारण खर्च तीन देखि चार लाखको बीचमा लाग्ने अनुमान छ । यसमा सवैले सहयोग गर्ने अपेक्षा एनआरएनए, मलेसियाकी उपाध्यक्ष लिम्वूले प्रकट गरिन् ।

यो पनि पढ्नुहोस् तत्काल नियमित उडान खोलेर अलपत्र परेकाहरुलाई बिना शर्त उद्धार गरः संघ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: