हालसम्म सवैभन्दा धेरै नेपाली युएईबाट फर्किए, दोश्रोमा साउदी अरेवियाबाट

कोभिड-१९ सुरु भएपश्चात चार्टर्ड उडान मार्फत हालसम्म नेपाल फर्केका मध्ये सवैभन्दा धेरै नेपाली संयुक्त अरव ईमिरेट्स (युएई) बाट स्वदेश फर्केका छन् । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को गत भदौ ४ गतेसम्मको तथ्याँक अनुसार युएईबाट १४ हजार ४ सय ८१ नेपाली स्वदेश फर्केका हुन् ।

यसैगरी साउदी अरेवियाबाट ७ हजार ८ सय १७ जना स्वदेश फर्केका छन् । यसैगरी यसबीचमा मलेसियाबाट पनि झण्डै सोही हाराहारीमा नेपाली स्वदेश फर्किए । मलेसियाबाट ७ हजार ७ सय ९५ जना स्वदेश फर्किएको तथ्याँक छ ।

आममाफी पाएर स्वदेश फर्किनेहरुको संख्या ठूलो देखिएको कुवेतबाट ६ हजार ३ सय २९ जना स्वदेश फर्काइएका छन् भनें धेरै नेपाली कार्यरत मुलुक कतारबाट यसबीचमा ६ हजार १ सय ९१ जना नेपाल फर्केका छन् । सवै मुलुकबाट फर्किनेहरुको कुल संख्या ५१ हजार ९ सय ८७ रहेको छ ।

प्रदेशगत रुपमा सवैभन्दा धेरै बागमति प्रदेशका बासिन्दा स्वदेश फर्किएको देखिएको छ । सीसीएमसीको तथ्याँक अनुसार बागमति प्रदेशका १४ हजार ४ सय ८६ जना स्वदेश फर्केका छन् । यसैगरी दोश्रोेमा प्रदेश १ का १० हजार ९ सय ६२ जना स्वदेश फर्केका छन् । तेश्रोमा प्रदेश नम्वर ५ का ८ हजार ६ सय ५८, चौथोमा प्रदेश नम्वर २ का ८ हजार ६ सय १८ तथा पाँचौमा गण्डकी प्रदेशका ८ हजार ६ सय ५८ जना स्वदेश फर्किए । यसैगरी कर्णाली प्रदेशका १ हजार १ सय ८४ तथा सुदुरपश्चिम प्रदेशका १ हजार ३ सय ३३ जना स्वदेश फर्किएको देखिएको छ ।

मुलुकका विभिन्न भागहरुमा लागेको निषेधाज्ञाका कारण पालिकाहरुले सञ्चालन गरेका क्वारेन्टीनहरुमा पुर्याउन समस्या हुने र होटल क्वारेण्टीन तयार भइनसकेको भन्दै सरकारले झण्डै एकसाता रोकेको नेपालीलाई स्वदेश फर्काउने उडान आज देखि नै सुरु हुँदैछ । आज युएईको सारजहाबाट एयर अरेवियाले उडान गर्दैछ । ८ दिनभित्रमा युएई, साउदी अरेविया, कतार, मलेसिया, कुवेत लगायतका मुलुकहरुबाट १८ उडान हुुँदैछन् ।

यो पनि पढ्नुहोस् एकसाता रोकिएर पुनः सुरु हुनेभयो चार्टर्ड उडान, १८ मध्ये यूएई र मलेसियाबाट चार-चार उडान

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: