एकसाता रोकिएर पुनः सुरु हुनेभयो चार्टर्ड उडान, १८ मध्ये यूएई र मलेसियाबाट चार-चार उडान

एकसाता देखि रोकिएको विदेशबाट नेपालीलाई स्वदेश फर्काउने चार्टर्ड उडान पुनः सुरु हुने भएको छ । क्वारेण्टिनको व्यवस्थापन हुन नसकेको भन्दै रोकिएको उडान पुनः सुरु गर्ने निर्णय भएको हो ।

८ दिनका लागि सार्वजनिक भएको सूचिमा १८ उडानको अनुमति दिइएको छ । यसमध्ये सवैभन्दा धेरै उडान युएई र क्वालालम्पुरबाट तय भएको छ । १८ मध्ये चार-चार उडान ति दुई मुलुकबाट तय भएको छ । कतारबाट तीन उडान छन् भनें साउदी अरेवियाबाट दुई उडान तय भएका छन् ।

यो पनि पढ्नुहोस् ‘फल्दैन खजुरका रूखमा पैसा’

मंगलबार देखि नै लागू हुने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान तालिका तय गरेको छ । मंगलवार अर्थात भदौ ९ गते संयुक्त अरव ईमिरेट्स (युएई) बाट एअर अरेवियाले उडान गर्नेछ । यस्तै बुधवार, भदौ १० गते दुवईबाट फ्लाई दुबईले तथा आवुधावीबाट ईत्तेहादले उडान गर्ने तालिका छ । भदौ ११ गते नेपाल एयरलाइन्सले रियादबाट, दम्मामबाट र हिमालयन एयरलायन्सले रियादबाट नेपाल एयरलाइन्स तथा इस्तानबुलबाट टर्किस एयरले उद्धार उडान गर्नेछन । नयाँ नियम अनुसार टर्किस र कतार एयरलाइन्सले एक पटकमा १०० जना भन्दा बढी यात्रुहरु ल्याउन पाउने छैनन् ।

यसैगरी १२ गते नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट, हिमालयनले पनि क्लालालम्पुरबाट नै र कतार एयरवेजले दोहाबाट उडान गर्नेछ । १३ गते सिल्क एयरले अस्ट्रेलिया र कोरियाबाट कोरियन एयरले उडान गर्ने तालिका छ ।

भदौ १४ गते नेपाल एयरलाइन्स, हिमालयन र मालिन्दो एयरलाइन्सले क्लालाम्पुरबाट एकसाथ उडान गर्नेछन् । १५ गते नेपाल एयरलाइन्सले दुबई र हिमालयनले आबुधावीबाट उडान गर्ने छ । योसँगै भदौ १६ गते नेपाल एयरलाइन्सले कतार र दुबईबाट र हिमालयनले कतारबाट उद्धार उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

उद्धार उडानका लागि यात्रुहरुले पीसीआर रिपोर्ट ल्याउनु पर्ने, पीसीआर टेष्ट गरेको र नगरेकाहरुलाई एकैठाउँमा राख्न नपाउने, विदेशबाट आउने यात्रुले ७ दिन होटल क्वारेन्टाइनमा अनिवार्य बस्नु पर्ने व्यवस्था छ ।

चार्टर्ड उडान पुनः सुरु हुने भएसँगै दूतावासहरुले पनि सुचना जारी गर्दै सूचीमा परेकाहरुलाई टिकट काट्न सम्पर्क गर्न आग्रह गर्न थालेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: