धारिलो हतियार प्रहार गरिएको दुई नेपालीको शव भेटिएपछि प्रहरीद्धारा अनुसन्धान सुरु

युएईको सारजहामा दुई नेपालीको शव भेटिएपछि स्थानीय प्रहरीले अनुसन्धान सुरु गरेको छ । गत अगष्ट ८ तारिखका दिन दुईवटा शव अनुहार, घाँटी, छाती र पेटमा गहिरो चोट सहित फेला परेको गल्फ न्यूजले लेखेको छ ।

उनीहरुको पुरा परिचय सार्वजनिक गरिएको छैन तर उनीहरु २६ र ३७ बर्षिय नेपाली रहेको जनाइएको छ । उनीहरुमाथि कसले आक्रमण गरेको हो भन्ने खुलेको छैन । झगडा तथा हत्याको कारण पनि नखुलेको समाचारमा जनाइएको छ ।

शवलाई फरेन्सीक ल्यावमा अनुसन्धानका लागि पठाइएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार अगष्ट ८ को बेलुकी ७ बजेतिर सहयोगका लागि प्रहरीलाई फोन आएको थियो । घटनास्थलमा प्रहरी पुग्दा ठूलो भीड जम्मा भइसकेको र दुई व्यक्ति रगतमा डुवेको अवस्थामा फेला परेका थिए ।

यो पनि पढ्नुहोस् विदेशमा अन्यायमा परेर फर्केकाहरुलाई स्वदेश फर्किंदा लागेको खर्च शोधभर्ना दिनुः आयोग

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय