सरकारी खर्चमा फर्किन २४ सय ५० को आवेदन, विदेशबाट फर्किन चाहनेको संख्या ९३ हजार

वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा रहेका मध्ये हालसम्म २ हजार ४ सय ५० जनाले सरकारी खर्चमा स्वदेश फर्किन आवेदन दिएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार विभिन्न मुलुक स्थित नेपाली नियोगहरुमा सो संख्यामा निवेदन प्राप्त भएको हो ।

मन्त्रालयका सह–सचिव हरिश्चन्द्र घिमिरेले हालसम्म विभिन्न मुलुकका नियोगहरुमा निवेदन दिएकाहरुलाई सरकारी खर्चमा स्वदेश फर्काउने सम्वन्धि निर्देशिका बमोजिम स्वदेश फर्काउने प्रकृयामा रहेको जानकारी दिए । सह–सचिव घिमिरेले हालसम्म विश्वका ८५ वटा मुलुकहरुबाट ९३ हजार ६ सय ७३ नेपालीले स्वदेश फर्किन आफ्नो नाम सूचिकृत गराएको भन्दै त्यसमध्ये प्रमुख ५ वटा मुलुकबाट मात्र ८० हजारले नाम दर्ता गराएको बताए ।

हालसम्म ५८ वटा मुलुकबाट ५० हजार १ सय ३० जना नेपालीलाई स्वदेश फर्काइएको भन्दै यसबीचमा २ सय ६२ वटा शव नेपाल फर्काइएको र आफन्तलाई जिम्मा लगाइएको बताए ।

राष्ट्रिय मानव अधिकार आयोगले कोभिड १९ महामारीको चपेटामा नेपाली आप्रवासी श्रमिकहरुको अधिकार सम्वन्धि रीपोर्ट सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै घिमिरेले आयोगले गरेका सिफारिस मध्ये कतिपय परराष्ट्र मन्त्रालय मार्फत विदेश स्थित नियोगहरुले कार्यान्वयन गर्नुपर्नेहरु रहेको र सम्वन्धित मुलुकका सरोकारवाला निकायहरुसँग समन्वय गरेर अगाडी बढ्ने बताए ।

यो पनि पढ्नुहोस् विदेशमा अन्यायमा परेर फर्केकाहरुलाई स्वदेश फर्किंदा लागेको खर्च शोधभर्ना दिनुः आयोग

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: