मलेसियामा विदेशी श्रमिकलाई रोजगारीको क्षेत्र कटौती गर्ने निर्णयको विरोध

मलेसियामा विदेशी श्रमिकका लागि निर्माण, कृषि तथा प्लाण्टेसन गरी तीनवटा क्षेत्रमा मात्र रोजगारी उपलव्ध गराउने मलेसिया सरकारको निर्णयको स्थानीय ट्रेड यूनियन मलेसियन ट्रेड यूनियन कँग्रेस (एमटीयूसी) ले विरोध गरेको छ । यसलाई ‘मलेसियाली अर्थतन्त्रलाई आत्महत्या’ संज्ञा दिंदै सो एमटीयूसीले विदेशी श्रमिकलाई रोजगारीका क्षेत्र सिमित गर्न नहुने धारणा राखेको हो ।

मलेसियामा कलकारखानामा काम गर्ने (फ्याक्ट्री वर्कर) तथा सेवा क्षेत्रमा नेपाली श्रमिक धेरै कार्यरत छन् । तर सो क्षेत्रको रोजगारीमा कोभिड १९ का कारण विदेशबाट फर्केका आफ्नै नागरिकलाई रोजगारी उपलव्ध गराउने भन्दै मलेसियाको मानव संशाधन मन्त्रालयले तीनवटा क्षेत्रको रोजगारीमा मात्र विदेशी श्रमिकलाई उपलव्ध गराउने यस अगाडी निर्णय गरेको छ । सरकारको सो निर्णय गलत भएको भन्दै एमटीयूसी त्यसको विरोधमा उभिएको हो ।

यो पनि पढ्नुहोस् स्वदेशमै केहि गर्न चाहन्छन् विदेशबाट फर्केकाहरु

एमटीयूसीले सरकारले सो निर्णय राष्ट्रिय श्रम सल्लाहकार परिषद (एनएलएसी) मा कुनै छलफल नगरी एकतर्फी रुपमा घोषणा गरेको भन्दै त्यसमा असहमति जनाएको छ । सो निर्णय गर्नुपूर्व मानव संशाधन मन्त्रीले परामर्श समेत नगरेको भन्दै एमटीयूसीले असहमति जनाएको हो ।

एमटीयूसीका महासचिव जे सोलोमनले सो निर्णय तत्काल रोक्न र राष्ट्रिय श्रम सल्लाहकार परिषदमा छलफल गर्न माग गरेका छन् । उनले आईएलओ अभिसन्धि नम्वर १४४ अनुरुप काम गर्न पनि माग गरेका छन् । मानव संशाधन मन्त्रीले यस विषयमा छलफल गरी विदेशी श्रमिक माथिको निर्भरता घटाउने र मलेसियन नागरिकको बेरोजगारी क मगर्ने विषयमा अन्य उपाय अवलम्वन गर्नुपर्ने उनको माग छ ।
मलेसियामा वैधानिक रुपमा कार्यरत विदेशी श्रमिकको संख्या २० लाखको हाराहारीमा छ । यसैगरी अवैधानिक रुपमा बस्ने श्रमिकको संख्या पनि ठूलो रहेको अनुमान छ ।

तपाईलाई रुचिकर हुनसक्छ रिटर्नीले गरे मृगौला पिडित बालकका लागि आर्थिक सहयोग

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय