रिटर्नीले गरे मृगौला पिडित बालकका लागि आर्थिक सहयोग

 

दुवै मृगौलाले काम नगर्ने भई समस्यामा रहेका एक ११ बर्षिय बालकको उपचारमा मद्धत गर्न रिटर्नी माइग्रेन्ट नेपालले आर्थिक सहयोग गरेको छ ।

सिन्धुपाल्चोकस्थित इन्द्रावती गाउँपालिका वडा नम्वर ७ का केदारनाथ अधिकारीका ११ बर्षिय छोरा सन्दिप अधिकारीलाई सो संस्थाले २६ हजार सात सय ५० रुपैयाँ सहयोग गरेको हो ।  केहि समय अगाडी अधिकारी परिवारले उपचारमा सहयोगको लागि आर्थिक सहयोग उपलब्ध गराउन भन्दै अपिल गरेको थियो ।

सन्दिप अधिकारीको दुईवटै मृगौलाले काम नगर्ने भएका कारण विगत एक बर्षदेखि उनको परिवार नियमित उपचारमा लागेको छ ।  छोराको उपचारकै लागि केदारनाथले भए भरका सम्पत्ति जमानी राखी कर्जा लिएको र त्यो पनि सकिएपछी रकम अभावका कारण छोराको उपचारले निरन्तरता नपाउने अवस्था उत्पन्न भएकोले सहयोगको लागि अपिल गरिएको परिवारले बताएको छ । उपचारको लागि काठमाडौंमा एउटा कोठा भाडा लिएर बसेका यो परिवारले कसैले सहयोग नगरिदिने हो भने कोठा भाडा समेत तिर्न सक्ने अवस्थामा नरहेको रिटर्नी माईग्रेण्ट नेपालले जनाएको छ ।

पछि पैसा तिर्नेगरी अस्पतालमा कागज गरेर कयौंपटक सन्दिपलार्इ डिस्चार्ज गरेको र आर्थिक अवस्था दयनीय रहेको रीटर्नी माईग्रेण्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले जानकारी दिए । एकदिन बिराएर नियमित डाइलासिस गर्दै आइरहेका सन्दीपको तुरुन्त मृगौला प्रत्यारोपण गर्नुपर्ने डाक्टरले बताएपनि त्यसको लागि आर्थिक जोहो हुन सकेको छैन । यदि तपाई उनलाई उपचारमा मद्धत गर्न चाहनुहुन्छ भनें ९८४९८३६७६१ मा फोन गर्न सक्नुहुन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय