युएईमा हालसम्म कोभिड-१९ का कारण ३२ जना नेपालीको मृत्यु

युनाईटेड अरब ईमिरेट्स (युएई) मा हालसम्म कोभिड १९ को कारण एक जना महिला सहित ३२ जनाको मृत्‍यु भएको छ । नेपाली दुताबास अबुधाबीले दिएको जानकारी अनुसार विगत ४ महिनाको अवधिमा युएईमा मृत्यु भएका १ सय १ जना नेपाली मध्ये ३२ जनाको मृत्यु कोभिडका कारण भएको हो । अन्यको भनें विभिन्न कारणले मृत्‍यु भएको हो ।

नेपाल पत्रकार महासंघ युएई शाखाले आयोजना गरेको अनलाईन छलफल कार्यक्रममा बोल्दै युएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले महिनाको २५ जनाको अर्थात झण्डै प्रतिदिन १ जनाको मृत्‍यु हुनु दुःखद भएको बताएका छन् ।

मृत्‍यु भएका मध्ये कोभिड १९ ले मृत्‍यु भएका सहित ६१ जना नेपालीहरुको शवको अन्त्येस्टी युएईमा नै गरिएको छ । त्यसैगरी १६ जनाको शव चार्टर उडान मार्फत नेपाल लगिएको छ । बाँकी १६ जनाको शव नेपाल लैजाने प्रकृयामा रहेको र ८ जनाको मृत्‍युको बारेमा अनुसन्धान जारी रहेको राजदूत ढकालले बताए ।

सन २०१९ को एक बर्षको अवधिमा युएईमा जम्मा १०५ जनाको मृत्‍यु भएको थियो भने सन २०१८ बर्षभरिको अवधिमा १०३ जनाको मृत्‍यु भएको थियो ।

यो पनि पढ्नुहोस् मलेसियामा नेपाली सुरक्षा गार्ड कुट्ने व्यक्ति पत्ता लाग्यो, हाल उनी प्रहरी कार्यालयमा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय