श्रमिकलाई कामबाट नहटाउः जिफन्ट

नेपाल वायुसेवा निगमले बर्षौंदेखि कार्गो, काउण्टर र आउट स्टेशनमा कार्यरत श्रमिकहरुलाई कोभिड–१९ को संक्रमणको यस कठिन समयमा कामबाट हटाएको भन्दै त्यसरी श्रमिकलाई कामबाट नहटाउन अपिल गरेको छ । हटाइएका श्रमिकलाई काममा फर्काएर असल श्रम सम्वन्ध कायम गर्न पनि जिफन्टले आग्रह गरेको छ ।

जिफन्टका महासचिव जनक चौधरीले एक विज्ञप्ती प्रकाशित गर्दै निगमले आर्थिक भार कम गर्न भन्दै त्यहाँ कार्यरत करिव ५ सय मध्ये १ सय ४५ जनालई कामबाट हटाएको र बाँकी केहि श्रमिकलाई भनें अतिरिक्त समय (ओटी) काममा लगाएको कुराले त्यहाँ डरलाग्दो बेथिति रहेको स्पष्ट भएको बताएका छन् । संकटको समयमा श्रमको समय कटौती गरी सवैलाई आलोपालो काममा लगाएर श्रमिकहरुको जीविकोपार्जन गर्न सहज वातावरण बनाउन नेपाल सरकारसँग जिफन्टले माग गरेको छ ।

सरकारले आर्थिक बर्ष २०७७÷०७८ को बजेट वक्तव्यमा नेपाल सरकार अन्तर्गत रहेका सबै अस्थायी करार श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सामेल गर्ने प्रतिवद्धता हुनु तर त्यसविपरित निगमले बर्षौंदेखि काम गरिरहेका श्रमिकहरुलाई हटाउनु आपत्तिजनक भएको विज्ञप्तीमा जनाइएको छ । जिफन्टले नेपाल वायुसेवा निगमले विभेदपूर्वक श्रमिक हटाएको भन्दै सवै श्रमिकलाई काममा लगाउन तथा श्रम बजारमा अनावश्यक तनाव सिर्जना नगर्न अपिल गरेको छ ।

यो पनि पढ्नुहोस् जापान पठाइदिने प्रलोभनमा कसैलाई पैसा नबुझाउनुः मन्त्रालय

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय