जापान पठाइदिने प्रलोभनमा कसैलाई पैसा नबुझाउनुः मन्त्रालय

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापानको रोजगारीमा पठाइदिने सुनिश्चित भन्दै कतिपय भाषा प्रशिक्षण, शैक्षिक परामर्श तथा सीप प्रशिक्षण केन्द्रहरुले भ्रमपूर्ण प्रचार गरी रकम समेत असुलेको जानकारी प्राप्त भएको भन्दै त्यसमा सजग रहन आग्रह गरेको छ । मन्त्रालयले वैदेशिक रोजगार विभागको जापान ईकाई मार्फत जापान जाने कामदार छनौट हुने व्यवस्था रहेको र कामदार छनौट प्रकृयामा नीजि क्षेत्रका संस्थाहरुको भूमिका नहुने स्पष्ट पारेको छ ।

मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले विज्ञप्ती जारी गर्दै नेपाल र जापान सरकारबीच भएको एमओसी अनुरुप हाल केयर गिभरका लागि केहि माग प्राप्त भएको र त्यसका लागि मन्त्रालयले सम्वन्धित सरोकारवालाहरु समेतलाई सहभागि गराउँदै छनौटको लागि आधारहरु तय गर्ने काम अगाडी बढाएका बताएका छन् । सो आधार तयार भएपछि जापानबाट माग भएबमोजिम कामदारहरु जापान जाने क्रम अगाडी बढ्ने विज्ञप्तीमा जनाइएको छ ।

नेपाल र जापानबीच यसअगाडी नेपाली श्रमिक लिने विषयमा सम्झौता भएको छ । सो अनुसार जापानले जापानी भाषा परीक्षा उत्तीर्ण गरेका तथा सम्वन्धित काम गर्न सक्नेगरी सीप परीक्षण गरेर मात्र विदेशी श्रमिक लिने नीति बनाएको छ । यसका लागि जापान सरकारले जापान फाउण्डेसनलाई छनौटको जिम्मेवारी दिएको छ ।

यो पनि पढ्नुहोस् केहि समयभित्रै युएई जाँदै हुनुहुन्छ ? थाहा पाउनै पर्ने केहि नयाँ नियमहरु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय