केहि समयभित्रै युएई जाँदै हुनुहुन्छ ? थाहा पाउनै पर्ने केहि नयाँ नियमहरु

सरकारले आगामी भदौ १ गतेदेखि अन्तराष्ट्रिय उडान खोल्ने निर्णय गरिसकेको छ । यो अवस्थामा यदि तपाई युएई जाँदै हुनुहुन्छ भनें कोभिड १९ का कारण केहि नयाँ नियमहरु लागु भएका छन् जसका बारेमा थाहा पाउनु आवश्यक छ ।

युएईले विहिवार गरेको घोषणा अनुसार यूएई आउने यात्रुले कोभिड-१९ को परिक्षण ‘पिसीआर’ गरी आउनु पर्ने भएको छ । भोलि २४ तारिकबाट लागु हुने गरी यूएई आउने यात्रुले यात्रा गर्नु अघि सम्बन्धित देशको एअरपोर्टमा एअरलाईन्सको ‘चेक इन’ डेस्कमा अनिबार्य ‘पिसीआर टेस्ट’ नेगेटिभ भएको रिपोर्ट पेश गर्नु पर्ने खालिज टाईम्सले लेखेको छ । 

यूएई सरकारले जारी गरेको नयाँ नियम अनुसार एअरलाईन्सले यात्रुको बोर्डिङ पास दिनु अघि पिसीआर टेस्ट भए नभएको जाँच गर्नेछन् । उक्त रिपोर्टको मान्यता यूएई आईपुग्दा ९६ घण्टा नकटेको हुनु पर्नेछ । रिपोर्ट नेगेटिभ भएको प्रमाणित भए मात्र यात्रा अनुमति पाइनेछ । साथै ती यात्रुहरुले यूएई सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धी फारम ‘हेल्थ डिक्लारेसन फर्म’ समेत भर्नु पर्नेछ । युएई प्रवेश गर्ने वा ट्राञ्जिट भएकाहरुका लागि समेत पिसिआर अनिवार्य गरिएको छ । कोभिड फैलिन नदिन यस्तो व्यवस्था गरिएको युएईका सरकारी अधिकारीलाई उधृत गर्दै गल्फ न्यूजले समाचार लेखेको छ ।

यसैबीच युएईले सो मुलुक भ्रमण गर्ने हरेक पर्यटकले कोभिड १९ सँग सम्वन्धित स्वास्थ्य समस्या आइपरेमा सोको खर्च व्यहोर्ने उल्लेख सहितको यात्रा स्वास्थ्य बीमा अनिवार्य गरेको छ । तसर्थ सो प्रकारको बीमा नगरी पर्यटकका रुपमा युएई नआउन त्यहाँको सरकारी निकायले अनुरोध गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय