श्रममन्त्री यादवको विवादास्पद निर्णय दुई साता पनि टिकेन

श्रम मन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगार बोर्डको सदस्यमा मनोनित गरेका कैलाश खड्काले राजीनामा दिएका छन् । मन्त्री यादवले गत असार १९ गते मनोनित गरेका खड्काले साउन १ गते सो पदबाट राजीनामा दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । यसअघि नै खड्कासँगै मनोनित गरिएका वैदेशिक रोजगार व्यवसायी हेम गुरुङले आफू सो पदमा बस्न असमर्थ रहेको भन्दै मन्त्रालयमा जानकारी गराएका थिए ।

वैदेशिक रोजगार बोर्डमा विज्ञ सदस्यका रुपमा मन्त्री यादवले एकाएक स्वास्थ्य व्यवसायी कैलाश खड्का तथा तालिम प्रदायक संस्थाहरुको तर्फबाट वैदेशिक रोजगार व्यवसायी हेम गुरुङलाई मनोनित गरेका थिए । वैदेशिक रोजगार बोर्डको विज्ञ सदस्यमा खड्कालाई श्रम मन्त्री यादवले मनोनित गरेपछि स्वयं श्रम मन्त्रालयले यस अगाडी कारवाही गर्न खोजेको व्यक्तिलाई नै पुरस्कृत गरिएको भन्दै आलोचना भएको थियो ।

यसैगरी वैदेशिक रोजगार व्यवसायी गुरुङलाई भनें तालिम प्रदायकहरुको कोटाबाट बोर्ड सदस्य मनोनित गरिएपछि त्यसको पनि विरोध भएको हो । वैदेशिक रोजगार व्यवसायीको कोटाबाट यसअगाडी नै दुईजनाले बोर्डमा प्रतिनिधित्व गरिसकेको अवस्थामा पुनः व्यवसायीलाई नै तालिम प्रदायकको कोटाबाट मनोनित गरिएका कारण विरोध भएको हो । मन्त्री यादवले मनोनित गरेका दुईजना सदस्यले नै अस्वीकार गरेपछि सो पद रिक्त भएको  छ ।

यो पनि पढ्नुहोस् मलेसियामा एक नेपाली मृत्युदण्डबाट जोगिए, सजाय कारावासमा रुपान्तरण

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: