मलेसियामा एक नेपाली मृत्युदण्डबाट जोगिए, सजाय कारावासमा रुपान्तरण

मलेसियामा गाँजा तस्करीको अभियोगमा पक्राउ परेका एक नेपाली तथा दुई मलेसियन नागरिकको मृत्युदण्ड टरेको छ । उनीहरुलाई उच्च अदालतले गाँजा तस्करीको अभियोगमा दुई बर्ष अगाडी मृत्युदण्डको फैसला गरेको थियो । मृत्युदण्डबाट बच्ने नेपालीको नाम राजकुमार साह भएको जनाइएको छ ।

पक्राउ परेर थुनामा रहेका ति व्यक्तिहरुको तर्फबाट मुद्धा लडेकी अधिवक्ता खारेन जित कौरका अनुसार उनीहरुको मृत्युदण्ड १० बर्ष कारावास तथा १० कोर्रामा रुपान्तरण भएको छ । पुनरावेदन अदालतमा दायर गरिएको अपिललाई स्वीकार्दै सो अदालतले मृत्युदण्डको यसअघिको फैसलालाई खारेज गरेको हो । मलेसियामा मृत्युदण्डको फैसला दिइएको प्रकृतिका अपराधलाई कारावासमा रुपान्तरण गर्दा बढीमा ३० बर्षसम्म जेल सजाय तथा २४ कोर्रासम्म हान्न सक्ने कानूनी प्रावधान छ ।

अधिवक्ता कौरले देशपरदेशलाई दिएको जानकारी अनुसार उनीहरुलाई सन् २०१५ मार्च १० मा २ सय ९० दशमलव ७६ ग्राम गाँजा तस्करीको अभियोगमा मलेसियाको जोहरबारुमा पक्राउ गरिएको थियो । उच्च अदालतले दुई बर्ष अगाडी उनीहरुलाई मृत्युदण्डको फैसला सुनाएको थियो ।

यो पनि पढ्नुहोस् बेरोजगार व्यक्तिले निवेदन दिने म्याद थपियो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: