श्रममन्त्री यादवले बोर्ड सदस्यमा मनोनित गरेका गुरुङद्धारा जिम्मेवारी अस्वीकार

श्रम मन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगार बोर्डमा बोर्ड सदस्यका रुपमा मनोनित गरिएका वैदेशिक रोजगार व्यवसायी हेम बहादुर गुरुङले सो जिम्मेवारी अस्वीकार गरेका छन् । उनले विभिन्न कारणहरु देखाउँदै सो जिम्मेवारी लिन नसक्ने जानकारी मन्त्री यादवलाई गराएका छन् ।

गुरुङले मन्त्री यादवको सचिवालयमा निवेदन दर्ता गराई आफूले पनि सामाजिक सञ्जालहरुबाट आफूलाई मनोनित गरिएको जानकारी पाएको बताएका छन् । उनले आफूलाई बोर्डमा आफ्नो योग्यता र दक्षता अनुसारको परिणाममुखी काम गर्ने ईच्छा हुँदा हुँदै पनि विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ महामारीबाट सिर्जित विषम परिस्थीति र यसका कारण समग्र विश्व अर्थतन्त्रमा पर्न गएको नकारात्मक असर, वैदेशिक रोजगारको क्षेत्रमा देखिएको जटिलताका कारणले बोर्ड सदस्यका रुपमा काम गर्न नसक्ने बताएका छन् । निवेदनमा व्यक्तिगत अस्वस्थतालाई समेत जिम्मेवारी लिन नसक्नुको कारण उल्लेख गरिएको छ ।

श्रममन्त्री यादवले जेठ २१ गते गुरुङ तथा स्वास्थ्य व्यवसायी कैलाश खड्कालाई वैदेशिक रोजगार बोर्डको सदस्यमा मनोनित गरेका थिए । खड्का यसअगाडी रोजगारीका लागि मलेसि या जाने श्रमिकलाई चर्को आर्थिक शोषण हुने बायोमेट्रिक लागु गराई स्वास्थ्य क्षेत्रमा सिण्डिकेट चलाएको अभियोगमा प्रहरीको फरार सूचिमा परेका व्यक्ति हुन् ।

तत्कालिन श्रममन्त्री गोकर्ण विष्टले बायोमेट्रिक गराउने संस्था सहित, भिएलएन, जिएसजी लगायतलाई अवैधानिक घोषणा गरेपछि प्रहरीले केहि व्यक्तिलाई पक्राउ गरेको थियो । सो क्रममा पक्राउ सूचिमा रहेका खड्का भनें लामो समय प्रहरीको ‘फरार’ सूचिमा थिए । पछि खड्काले अदालतबाट सफाई पाए पनि उनी पटक-पटक विवादमा पर्दै आएका व्यक्ति हुन् । खड्कासँगै बोर्ड सदस्यमा मनोनित गुरुङले भनें आफू सो पदमा नबस्ने जानकारी गराएका हुन् ।

यो पनि पढ्नुहोस् म सम्भावित कोरोना संक्रमित

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय